×

NMB BANK
NIC ASIA

हवाई उडानमा लापरवाही

स्याङ्जामा पाइलट कुटिएको प्रकरण– पैसा हुनेले जहाँ पनि उडाउन पाइन्छ हेलिकप्टर ?

माघ ६, २०७९

NTC
Premier Steels

बिहीवार दिउँसो स्याङ्जाको वालिङ फूटबल मैदानमा २ बजेर ३५ मिनेटमा प्रभु एयरको ९ एन एएलएक्स कलसाइन हेलिकप्टर अवतरण गरेको विषय अहिले देशव्यापी चर्चामा छ ।

Muktinath Bank

फूटबल खेल भइरहेका बेला मैदानमा अनुमतिविना र पूर्वजानकारी नदिई हेलिकप्टर अवतरण गरेपछि स्थानीय युवाले वरिष्ठ क्याप्टेन रानेश डंगोलमाथि हातपात गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

युवाको हातपातबाट सामान्य घाइते भएका क्याप्टेनले तुरुन्तै हेलिकप्टर उडाएर पोखरा त गए तर हेलिकप्टर अवतरणको सुरक्षित ठाउँ तथा परिस्थितिको मूल्यांकन नगर्दा उनकै हेलचेक्राइँले उक्त घटना भएको पाइएको छ ।


Advertisment
Nabil box
Kumari

हेलिकप्टरमा ४ जना युवा पोखराबाट स्याङ्जा गएका थिए । यात्रुले दिएको जीपीएस लोकेसनअनुसार पाइलटले फूटबल मैदानमा हेली अवतरण गराएका थिए ।

Vianet communication

त्यो हेली अवतरण गर्ने विषयमा स्थानीय निकायसँग वा फूटबल आयोजकसँग कुनै समन्वय भएको थिएन ।

हेलिकप्टरको आकस्मिक उडान वा अवतरण समेत नभएकाले पूर्व जानकारी दिएर वा स्थानीयसँगको समन्वयबाट मात्रै अवतरण गराउनुपर्ने थियो । पाइलटले उडान सुरक्षामा ध्यान नदिएको र जिम्मेवारी पालना नगरेको पोखरा विमानस्थल कार्यालयले जानकारी दिएको छ । 

हेलिकप्टर उडानलाई तत्काल ग्राउन्डेड गरेर कारबाही गर्न पोखरा विमानस्थलले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आग्रह गरिसकेको छ । प्राधिकरणले पनि उक्त हेलिकप्टर उडान र अवतरणमा रोक लगाएको छ । 

पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमका अनुसार हेलिकप्टर उडानमा जाने गन्तव्य, उडान र अवतरणको विषयमा स्थानीय निकायसँग समन्वय तथा सुरक्षा सुनिश्चितता हुनुपर्छ । उडान गन्तव्य र सुरक्षित अवतरण सुनिश्चितता गरेर मात्रै सम्बन्धित हेलिकप्टरले उडान अनुमति पाएको हुन्छ । यस्तो प्रतिबद्धताविपरीत कुनै पनि हेलिकप्टर उडान तथा अवतरण हुन नपाउने उनले बताए । 

उनका अनुसार  उडान गन्तव्य तोकेर जाने हेलिकप्टरले आफैं स्थानीय निकायसँग समन्वय गर्नुपर्ने हुन्छ । एयर ट्राफिक कन्ट्रोलर नभएको ठाउँमा पनि अवतरण गर्न पाइन्छ, तर त्यो विषयमा सम्बन्धित वायुसेवाले नै सुरक्षित उडानको प्रतिबद्धता दिनुपर्छ । नियन्त्रित क्षेत्रमा जाने विषयमा भने गृह प्रशासनबाट अनुमति दिनुपर्ने गौतमले बताए ।

‘कुनै पनि उडान तथा अवतरण सुरक्षित गन्तव्यमा छ र जाँदैछु भन्ने प्रतिबद्धता जनाउनु पहिलेदेखि नै चलिआएको अभ्यास हो,’ गौतमले भने ।

स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी नमिता रेग्मीका अनुसार उक्त उडानको विषयमा सम्बन्धित वायुसेवा कम्पनी र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग स्पष्टीकरण सोधिएको छ । जहाज उडानमा समन्वय नभएको र फूटबल मैदानमा घटेको घटनाको विषयमा बिहीवार नै आवश्यक जानकारी मागिसकिएको छ । प्राधिकरणबाट जानकारी आएपछि कमजोरी गर्ने निकायलाई आवश्यक कारबाही हुने जानकारी रेग्मीले दिएकी छन् । 

नेपाल नागरिक उडुडयन प्राधिकरणका अनुसार अहिले प्रभुको उक्त हेलिकप्टर तथा क्याप्टेन डंगोललाई उडानमा रोक लगाइएको छ । पाइलटले गरेको कमी कमजोरी अध्ययन गर्न र आवश्यक कारबाही नभएसम्मका लागि सम्बन्धित हेलिकप्टर र पाइलटलाई उडानमा रोक लगाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई उड्डयन सुरक्षा विभागले जानकारी दिएको छ ।

विभागका प्रमुख राजु श्रेष्ठका अनुसार त्यो फ्लाइटका क्रु घाइते पनि भएकाले उडानमा स्वाभाविकरूपमा रोक लागेको छ । त्यो उडानको विषयमा आन्तरिक अनुगमन गर्न र निरीक्षण गरेर प्रतिवेदन दिन निर्देशन दिइसकिएको छ । प्रतिवेदन आएपछि पाइलटलाई समेत आवश्यक कारबाही हुने र त्यो कारबाहीको प्रकृति अहिले नै किटान गर्न नसकिने श्रेष्ठले बताए ।

बिहीवार स्याङ्जामा भएको घटनाको विषयमा पोखरा विमानस्थललाई औपचारिक जानकारी भने नआएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । जुन विमानस्थलबाट जहाज उडान र अवतरण गरेको छ, सोही विमानस्थललाई उडानका क्रममा भएको असुरक्षाको विषयमा पनि जानकारी नआएको गौतमले बताए ।

गौतमका अनुसार सम्बन्धित वायुसेवाले दिनुपर्ने जानकारी र पूरा गर्नुपर्ने दायित्व पूरा नगरेको देखिएकाले उडानमा लापरवाही भएको हुनसक्छ । तर, आवश्यक प्रमाणले पुष्टि नगरेसम्म लापरवाही नै गरेको हो भनेर भन्न नमिल्ने उनले बताए ।

वायुसेवा सञ्चालक संघले भने मानवीय त्रुटि भएको हुन सक्ने भए पनि कुटपिटमै उत्रनु गलत भएको तर्क गरेको छ ।

संघका प्रवक्ता योगराज शर्मा कंडेलका अनुसार क्याप्टेनमाथि नै हात हाल्नु गलत हो तर उडान सुरक्षामा संवेदशील हुनुपर्ने विषयमा सबैको जिम्मेवारी महत्त्वपूर्ण हुन्छ । सानोतिनो हेलचेक्राइँले ठूला दुर्घटना हुन सक्ने भएकाले सम्बन्धित सबै सचेत हुनुपर्ने उनले बताए ।

जहाँ पायो त्यहीँ अवतरण गर्न पाइँदैन, सुरक्षा चुनौती बढ्छ

हेलिकप्टर आकस्मिक प्रयोजनका लागि उडाउन र खालि स्थान जहाँ पनि अवतरण गर्न पाइने साधन भए पनि जहाँ पायो त्यहीँ र मनलाग्दी ढंगले उडान तथा अवतरण गर्न नपाइने हवाई विज्ञहरूको भनाइ छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजकुमार क्षेत्रीले सुरक्षा संवेदनशीलता सबैभन्दा महत्त्वपूर्ण पक्ष भएको बताए ।

‘पाइलटको हातमा छ भन्दैमा जहाँ पायो त्यहीँ अवतरण गर्न पाइँदैन,’ उनले भने, ‘बिहीवारको घटनामा यात्रुको दबाब थियो भन्ने आएको छ । तर त्यही विषयले दुर्घटना नित्याउन पनि सक्ने भएकाले उड्डयन सुरक्षा नै पहिलो प्राथमिकता हुनुपर्छ ।’ 

सानोतिनो लापरवाहीका कारण ठूलो दुर्घटना हुनसक्ने उनले बताए । यसअघि धादिङको रुवीभ्यालीबाट यात्रुले रुवीभन्दै झोलामा ढुंगा ल्याएका थिए । सरगरमाथा क्षेत्रमा उडान गर्ने हेलिकप्टरले पनि घडीमा प्रयोग गर्न भन्दै उक्त क्षेत्रको ढुंगा ल्याएको विषय आएको थियो ।

ती दुई घटनापछि नियन्त्रित क्षेत्रमा आकस्मिक रूपमा जाँदा त अनुमति लिनुपर्छ भने यसरी मनलाग्दी उडाउन त मिल्दै नमिल्ने उनको भनाइ छ ।

३६ हेलिकप्टर दुर्घटनामा भवितव्यसँगै लापरवाही समेत कारण

नेपालमा हालसम्म ३६ वटा हेलिकप्टर दुर्घटना भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार हालसम्म विभिन्न कम्पनीका हेलिकप्टर विभिन्न ठाउँमा गरी ३६ पटक दुर्घटना भएका छन् ।

यी ३६ वटा दुर्घटनामध्ये अधिकांश भवितव्य र केही लापवाहीका कारण भएको छ । ३ अगस्ट २०१४ मा सिन्धुपाल्चोकमा भएको फिस्टेल एयरको हेलिकप्टर दुर्घटना लापरवाहीकै कारण भएको हवाई क्षेत्रका एक जानकारले बताए । त्यो दुर्घटनामा हेलिकप्टरको पंखाले लागेर एक जनाको ज्यान गएको थियो । रोकिराखेको हेलिकप्टर उडाउन लाग्दा भएको यस्तो दुर्घटना सावधानी नअपनाउँदा भएको प्रतिवेदनमा उल्लेख छ । 

३० जुन २०१८ मा ग्राण्डी अस्पतालको कौशीमा भएको सिम्रिक एयरको दुर्घटना पनि असावधानीकै कारण भएको पाइएको छ । त्यो दुर्घटनामा अवतरण गर्ने क्रममा हेलिकप्टर माथिल्लो तलबाट तल्लो तलामा झरेको थियो ।

हेलिकप्टर दुर्घटनाको विवरण :

उक्त दुर्घटनामा मानवीय क्षति नभए पनि असावधानीका कारण दुर्घटना हुन पुगेको उड्डयन क्षेत्रका अधिकारीहरू बताउँछन् । 

हेलिकप्टर भनेको ठाउँमा अवतरण गर्न सकिने र उडान गर्न सकिने उड्डयनको सबैभन्दा सहज साधन हो ।

आँखाले हेरेर उडान गरिने यस्तो साधन सानोतिनो कमजोरी तथा हेलिचेक्राइँबाट ठूलै दुर्घटनामा पर्ने गरेको यस क्षेत्रका जानकारहरूको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x