×

NMB BANK
NIC ASIA

चलचित्र बजार

फेरि लगातार चलेनन् नेपाली चलचित्र, ‘स्टार’कै फिल्मले पनि पाएनन् दर्शक

माघ ७, २०७९

NTC
Premier Steels

२०७९ सालको कात्तिकसम्म ७ चलचित्रहरू सफल भएका थिए । ७ महिनामा ७ चलचित्र सफल हुनु विगतका वर्षको तुलनामा सुखद् हो ।

Muktinath Bank

त्यसयता लामो समयसम्म कुनै पनि नेपाली चलचित्र राम्रो चलेका छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैशाखमा प्रदर्शनमा आएको अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर–४’ले लगानी सुरक्षित गर्‍यो । जेठमा प्रदर्शनमा आएको ‘कबड्डी–४’ले सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रको रेकर्ड बनायो । 


Advertisment
Nabil box
Kumari

दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर स्टारर चलचित्रले नेपालमा २२ करोड बढीको कमाइ गरेको थियो । त्यसपछि केही समय लगातार चलचित्रहरू असफल हुँदै लगानी गुमाएका थिए ।

Vianet communication

भदौमा प्रदर्शनमा आएको केकी अधिकारी र आँचल शर्मा अभिनित चलचित्र ‘झिँगे दाउ’ भने लगानी उठाएर नाफामा जान सफल रह्यो । 

असोजमा प्रदर्शनमा आएको प्रदीप खड्का र क्रिष्टिना गुरुङ अभिनित ‘प्रेम गीत ३’ सफल साबित भयो । नेपालसहित विश्वव्यापी प्रदर्शनमा आएको चलचित्र पनि हलबाटै लगानी उठाएर नाफामा जान सफल रह्यो ।

असोजमै अर्को चलचित्र ‘दुई नम्बरी’ पनि सफल भयो । दयाहाङ राई र सौगात मल्ल अभिनित चलचित्र पनि लगानी उठाएर नाफामा जान सफल रह्यो । 

कात्तिकको पहिलो हप्ता प्रदर्शनमा आएको दयाहाङ राई, विपिन कार्की अभिनित ‘के घर के डेरा’ले पनि लगानी उठायो ।

यसपछि रिलिज भएको हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘महापुरुष’ले पनि बक्स अफिसमा राम्रो ग्रस कलेक्सन गर्न सफल रह्यो । केही हलहरूमा चलचित्रले प्रदर्शनको गौरवमय ५१औं दिन समेत मनायो ।

त्यसयता नेपाली चलचित्रहरू फेरि राम्रो चलेका छैनन् । यसबीचमा थुप्रै नेपाली चलचित्रहरू प्रदर्शनमा आइसकेका छन् तर एकपछि अर्को नेपाली चलचित्रहरू लगातार रूपमा असफल भइरहेका छन् । जसका कारण चलचित्रकर्मीहरू फेरि निराश देखिएका छन् । 

‘स्टार’कै फिल्मले पनि पाएनन् दर्शक

‘महापुरुष’यता दर्शक तान्न सक्ने भनिएका चलचित्रहरू प्रदर्शनमा आउँदा समेत हल सुनसान देखिए । पुसको १५ गतेदेखि आर्यन सिग्देल र उपासना सिंह ठकुरी अभिनित चलचित्र ‘डिसेम्बर फल्स’ प्रदर्शनमा आएको थियो । 

आर्यन झण्डै ३ वर्षपछि चलचित्रमा देखिएका छन् । उपासनाको गत असोजमै ‘दुई नम्बरी’ चलचित्र हिट भएको थियो । यसर्थ कलाकारहरूका कारण पनि ‘डिसेम्बर फल्स’ले राम्रो हाइप बनाएको थियो तर यो चलचित्र राम्रो चल्न सकेन अर्थात् घाटामा गयो । 

पुसको २२ गते मल्टिस्टारर चलचित्र ‘चि मुसी चि’ प्रदर्शनमा आयो । प्रियंका कार्की, ऋचा शर्मा, वेनिशा हमाल, आयुष्मान देशराज जोशी जस्ता स्थापित कलाकारहरू भएको हरर जनराको यो चलचित्रले पनि राम्रो हाइप बनाएको थियो । 

कलाकारहरूले पनि चलचित्रलाई दर्शकहरूले रुचाउने र सफल हुनेमा दाबी गरेका थिए तर अफसोच ! यो चलचित्र हेर्न पनि हलसम्म अपेक्षित दर्शक गइदिएनन् अर्थात् चलचित्रले लगानीको सानो हिस्सा पनि उठाउन सकेन । 

गत हप्ता ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ गरेर २ नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आए । यी दुवै चलचित्रले पनि राम्रो हाइप बनाएका थिए । ‘तिम्रो मेरो साथ’को मोसफल यात्रामा साम्राज्ञी र पुष्पलाई हेर्न दर्शकको बाक्लो भीड लागेको थियो तर चलचित्र हेर्न दर्शकहरू हलसम्म आइदिएनन् ।

यता ‘गुञ्जन’का निर्माताले चलचित्र दर्शकलाई मन पर्ने दाबी गर्दै मन नपरे टिकटको पैसा फिर्ता गरिदिने घोषणा गरेका थिए । यद्यपि उनको चलचित्र हेर्न दर्शकहरूले चासो देखाएनन् । दर्शकको खडेरीका कारण यी दुवै चलचित्रहरू प्रदर्शनको केही दिनमै अधिकांश हलबाट उत्रिसकेका छन् ।

प्रदर्शनको लाइन अपमा रहेका चलचित्रहरू थुप्रै छन् । यही महिना प्रदर्शनमा आउने जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘ह्यारी कि प्यारी’ले पनि राम्रो हाइप बनाएको छ ।

‘तिम्रो मेरो साथ’ राम्रो नचलेपछि साम्राज्ञी पनि यतिबेला ‘ह्यारी कि प्यारी’को प्रचारप्रसारमा निकै जोडतोडले लागिपरेकी छन् ।

फागुन ५ गते प्रदर्शन हुने भनिएका ‘फूलबारी’ र ‘परदेशी २’ पनि आशा गरिएका चलचित्रहरू हुन् । यद्यपि ‘परदेशी २’ निर्धारित मितिमा प्रदर्शनमा आउने/नआउने भन्नेमा द्विविधा छ । 

फागुनको १९ गतेलाई प्रदर्शन मिति तोकिएको दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा ४’ र अनमोल केसी अभिनित ‘छड्के २’ले राम्रो हाइप बनाएका छन् । त्यसपछिका केही चलचित्रहरूलाई लिएर पनि आशा गरिएको छ । नयाँ वर्षका लागि पनि केही आशा गरिएका चलचित्रहरूले प्रदर्शन मिति तय गरिसकेका छन् तर राम्रो हाइप र स्टार कलाकार रहेका चलचित्रहरू चल्छन् भनेर ठोकुवा गर्न सक्ने अवस्था भने रहँदैन । किनकि राम्रो हाइप र ‘स्टार’ कलाकारहरू भएकै केही चलचित्रहरू यसअघि पनि असफल भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x