०३ असार २०८३, बुधबार

यस्तो थियो ३० हजार वर्षअघि मरेका बालकको अनुहार ? (भिडियो)

माघ ९, २०७९
यस्तो थियो ३० हजार वर्षअघि मरेका बालकको अनुहार ? (भिडियो)

तीन हजार वर्षअघि मरेका आठ वर्षीय एक बालकको खप्परका आधारमा वैज्ञानिकहरूले अनुहारको संरचना निर्माण गरेका छन् । 

उक्त खप्पर सन् १९३८ मा उज्बेकिस्तानको तेशिक–ताश गुफामा फेला परेको हो । 

नियान्डर्थल मानवको खप्परलाई पहिलोपटक ३डी पुनःसंरचना गरिएको हो । त्यसअनुसार बालकको सानो र अनुहारमा धँसिएको नाक देखिन्छ । 

एसियामा फेला परेको यो पहिलो नियान्डर्थल जीवाष्मशेष हो । संरक्षणमा रहेको यो नै पूर्ण एसियाली नियान्डर्थल खप्पर हो । 

चीनको जिलिन विश्वविद्यालय र रुसको मस्को स्टेट विश्वविद्यालयका टोलीहरूले युरेसिया क्षेत्रमा प्रागैतिहासिक मानवको अनुहार पुनःसंरचनाबाट अनेकौं कुराको जानकारी पाइएको बताए । 

उक्त खप्परसँगै साइबेरियाली आइबेक्स जनावरका सिङ र चराका अस्थिपञ्जर पनि फेला परेका थिए । 

ती बालकलाई विधिवत् अन्त्येष्टि संस्कार गरिएको संकेत त्यसबाट पाइन्छ ।

salt training

कमेन्ट गर्नुहोस्