कात्तिक २५, २०८०
नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले आफ्नो सेवा प्रदान गरेको १३औं वर्ष पूरा गरेको छ । आजसम्म आइपुग्दा फूडमान्डुको लोकप्रियता दिनानुदिन बढिरहेको छ र अनलाइन फूड अर्डर गर्न चाहने जो ...
नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार र आइतबार पहिलो पटक काठमाडौंदेखि चित्लाङसम्म अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड आयोजना गरेको छ ।
३० जना राइडरहरूको सहभागिता रहेको उक्त कार्यक्रममा अपाचे राइडरहरूले यात्राको क्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरूमा भाग लिए ।
उनीहरू मनोरञ्जनमा मात्र सिमित रहेनन् चित्लाङको प्राकृतिक सुन्दरताको अवलोकन गर्दै उनीहरूले कम्पनीको तर्फबाट समाज सेवा पनि गरे ।
चित्लाङको श्री कालीदेवी आधारभूत विद्यालयमा अध्ययन सामग्री वितरण गर्नुका साथै अरू विभिन्न कार्यक्रमहरू पनि आयोजना गरे ।
युटुबर ‘जानकारी केन्द्र’ र तथा मोटो भ्लगरहरू ‘बाइकअल्साइक’ र ‘टुइनस्—राइडर’हरू कार्यत्रममा उपस्थिति थिए ।
टीभीएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, र नारायणी क्षेत्रलगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरिसकेको छ ।
यद्यपि रात्रिकालीन यात्रा भने यो पहिलो रहेको कम्पनीले जनाएको छ । अपाचेका चालकहरूले अत्यधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने कम्पनीको योजना छ ।
राइडका एक सहभागीले भने, 'चित्लाङमा यस्तो राइडको आयोजना धेरै थोरै मात्र हुन्छ । जगदम्बा मोटर्सले हामीलाई बाइकिङ प्रविधि सिक्ने मौका दिएकोमा धन्यवाद दिन चाहन्छौं ।'
उनले थपे, 'हामीले फेसबुक र भाइबरका एओजी राइडर्स नेपाल समूहमा पनि सामेल भयौं जसले हामीलाई आगामी दिनहरूमा टीभीएसले आयोजना गर्ने राइड तथा कार्यक्रमहरूबारे अपडेटेड राख्नेछ । यसले हामीलाई भविष्यमा पनि यस प्रकारका कार्यक्रमहरूमा भाग लिन उत्सुक बनाएको छ।'
कार्यक्रमका अर्का एक सहभागी कल्याण श्रेष्ठले एओजी कै बारेमा सुनेर आफूले अपाचे किनेको बताए ।
उनले जगदम्बा मोटर्सलाई धन्यवाद दिँदै भने, 'मैले अपाचे आरटीआर २०० फोभि एफआई किनेपछि एओजी ग्रुपमा सामेल हुन पाउँदा निकै खुशी छु र जगदम्बा मोटर्स प्रालिप्रति आभार व्यक्त गर्न चाहन्छु ।'
एओजी, अपाचे बाइक भएका राइडरहरूको समुदाय हो, जुन मोटरसाइकलप्रति उनीहरूको प्रेम, जोश, र लगाव बाड्ने एउटा साझा प्लेटफर्म हो ।
भारत तथा अन्य राष्ट्रहरूका अपाचे राइडरहरूले बनेको यस समुदायले सम्पूर्ण राइडरहरूलाई एकजुट बनाएर विभिन्न कार्यक्रम तथा साहसिक खेलहरूमा संलग्न गराउँछ ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो।
कम्पनीकोनेपालभर १४० भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।
गुणस्तरीय उत्पादनहरू, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको दुईपांग्रे ब्राण्डका रुपमा स्थापित छ ।
नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले आफ्नो सेवा प्रदान गरेको १३औं वर्ष पूरा गरेको छ । आजसम्म आइपुग्दा फूडमान्डुको लोकप्रियता दिनानुदिन बढिरहेको छ र अनलाइन फूड अर्डर गर्न चाहने जो ...
नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले महाएक्स्चेन्ज महोत्सव उमंगै उमंगको आयोजना गर्ने तयारी गरेको छ । महाएक्स्चेन्ज महोत्सव उमंगै उमंगको महोत्सव काठमाडौंको भृकुटी मण्डपमा नोबेम्बर ७ देखि ११...
एकीकृत मार्केटिङ एजेन्सीको रूपमा प्रिज्मार्क मार्केटिङले २८ वर्ष पूरा गरेको छ । २८ वर्ष पूरा गरेको अवसरमा कम्पनीका कार्यकारी निर्देशक पंकज प्रधानले नवीन र प्रभावकारी मार्केटिङ समाधान प्रदान गर्ने प्रतिबद्धता जनाए...
प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...
अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...
नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले नेपाल संवत्को अवसरमा काठमाडौं उपत्यकामा आयोजित र्यालीमा उत्साहपूर्ण सहभागिता जनाएको छ । उक्त र्यालीको प्रयोजक रहेको दराजको उपस्थितिले कार्यक्रममा रौन...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...