×

NMB BANK
NIC ASIA

युक्रेन युद्ध

जेलेन्स्कीलाई नसोचेको आन्तरिक संकट, युक्रेनमा किन चल्यो राजीनामाको लहर ?

माघ ११, २०७९

NTC
Sarbottam
Photo: NYPost
Premier Steels
Marvel

विगत केही दिनयता युक्रेनमा एकपछि अर्को शीर्ष अधिकारीले पदबाट राजीनामा दिइरहेका छन् । 

Muktinath Bank

मंगलवार (२४ जनवरी) मात्रै जेलेन्स्कीका एक सल्लाहकार, चारजना उपमन्त्री तथा पाँचवटा क्षेत्रका गभर्नरले राजीनामा दिएको बीबीसीले खबर दिएको छ । विशेषगरी भ्रष्टाचारको मुद्दामा राजीनामाको बाढी आएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोशेन्कोलाई युक्रेनका खोज पत्रकारहरूले युद्धको समयमा पनि महंगो स्पोर्ट्स कारमा घुमेको आरोप लगाएको बीबीसीका जेम्स वाटरहाउस र फेलान चटर्जी लेख्छन् । आफूले कुनै गलत काम नगरेको बताएका टिमोशेन्कोले दबाब खेप्न नसकेपछि राजीनामा दिएका हुन् । 


Advertisment
Nabil box
Kumari

त्यस्तै रक्षा उपमन्त्री भ्याचेस्लाभ शापोभालोभले त्यति नाम नसुनिएको कम्पनीबाट महंगो मूल्यमा सेनाका लागि खाद्यसामग्रीको खरिद सुपरिवेक्षण गरी भ्रष्टाचारमा संलग्न भएको आरोप छ । मन्त्रालयले कुनै पनि गडबडी नभएको भनी अडान लिए पनि शापोभालोभले पदबाट राजीनामा दिएका छन् । 

Vianet communication
Laxmi Bank

यी दुईबाहेक उपमहान्यायाधिवक्ता ओलेक्सी सिमोनेन्को, समुदाय तथा भूभाग विकास उपमन्त्री इभान लुकेर्या, त्यही मन्त्रालयका अर्का उपमन्त्री भ्याचेस्लाभ नेगोडा, सामाजिक नीति उपमन्त्री भिताली मुजिचेन्को अनि नीप्रोपेत्रोव्स्क, जापोरिजा, किएभ, सुमी र खर्सनका क्षेत्रीय गर्भनरहरूले पनि राजीनामा दिएका छन् । 

यसरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा मतभिन्नता र नीतिगत आलोचना बेहोरिरहेका जेलेन्स्कीले आक्रोश मत्थर गराउने हिसाबमा भ्रष्ट अधिकारीहरूलाई राजीनामा दिन लगाएको देखिन्छ । यस प्रकरणले सरकारभित्र चलिरहेको संघर्षलाई विराम दिन्छ कि थप चर्काउँछ भन्ने कुराले युद्धको परिणामलाई समेत असर पार्नेछ । 

यी सबै राजीनामाहरू भ्रष्टाचारकै वरिपरि जोडिएका छन् । युक्रेन पहिलेदेखि नै भ्रष्टाचारका लागि कुख्यात रहिआएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनमा उल्लेख भएका १८० मुलुकमध्ये युक्रेन १२२औं स्थानमा छ । 

राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले सन् २०१९ मा मुलुकको सर्वोच्च पदमा विजय प्राप्त गर्दा भ्रष्टाचार उन्मूलनलाई चुनावी अभियानको मुख्य एजेन्डा बनाएका थिए । अहिले त्यही एजेन्डा कार्यान्वयन गर्नका लागि उनले सफाइ अभियान चलाइरहेको बताइन्छ । 

तर कुरा यति सरल पनि छैन । राजीनामाका यी शृंखलाले जेलेन्स्की सरकारका अधिकारीमा रहेको मतभेदतर्फ पनि संकेत गरेका छन् । पंक्तिकारले यसअघि गृह र रक्षा मन्त्रालयका अधिकारीहरूबीचको खटपटका विषयमा लेखेको थियो । 

पढ्नुहोस् यो पनि :

रुसले युक्रेनको डोनेत्स्क क्षेत्रमा रहेको सोलेडार शहर नियन्त्रणमा लिएर रणनीतिक रूपमा महत्त्वपूर्ण बाखमुत शहरमा पनि कब्जामा पार्ने स्थिति आएपछि जेलेन्स्कीले सफाइ अभियान चलाएको सन्दर्भलाई विचार गर्नुपर्ने हुन्छ । सोलेडार युक्रेनको पकडमा रहुन्जेलसम्म युक्रेन तथा पश्चिमले रुसविरुद्धको युद्धमा आफूहरू विजयी हुने उद्घोष गरिरहेका थिए भने त्यसपछि भाष्यमा परिवर्तन आउन थालेको देखिन्छ । 

सोलेडार हातबाट फुत्केलगत्तै जेलेन्स्कीका सल्लाहकार ओलेक्सी आरेस्तोविचले नीप्रो शहरमा भएको घटनाका बारेमा सत्यतथ्य बोले । त्यहाँको आवासीय भवनमा भएको आक्रमणमा रुसको क्षेप्यास्त्र भन्दा पनि त्यस क्षेप्यास्त्रलाई रोक्न युक्रेनले प्रहार गरेको हवाई प्रतिरक्षा प्रणालीको क्षेप्यास्त्र कारण रहेको उनले बताए । त्यसलाई युक्रेनी राष्ट्रवादीहरूले सहन सकेनन् र उनलाई राजीनामा दिन बाध्य बनाए । 

त्यसपछि आरेस्तोविचले आफ्नो ज्यान समेत दाउमा राख्दै जेलेन्स्की सरकारमा भइरहेको भिडन्तका बारेमा बोल्दै आएका छन् । आफूहरू रुससँग लड्न भन्दा पनि आफूआफू लड्न माहिर रहेको उनले एक अन्तर्वार्ताका क्रममा बताए । यही कारणले गर्दा युक्रेनको जीतको सम्भावना मर्दै गएको आरेस्तोविचले बताए । आरेस्तोविचले संकेत गरेको त्यही आन्तरिक भिडन्तको परिणाम नै राजीनामाको ओइरोका रूपमा देखिएको भन्न सकिन्छ । 

आरेस्तोविचभन्दा पनि बढी जेलेन्स्कीप्रति बफादार अर्का सल्लाहकार मिखाइल पोदोल्याकले फेसबूकमा गरेको पोस्टबाट पनि सरकारमा मतभेदको स्थिति रहेको देखिन्छ । भन्नलाई त पोदोल्याकले अधिकारीहरूलाई हटाउने निर्णय जनताको मागबमोजिम गरिएको बताए । जनताले सबैका लागि न्यायको माग गरेको उनको भनाइ छ । 

राजीनामाको शृंखलालाई उनले भ्रष्टाचारविरोधी अभियानअन्तर्गतको कारवाही भने पनि खासमा युद्ध हार्दै गएपछि जेलेन्स्की सरकारविरुद्ध युक्रेनीहरूमा पलाइरहेको आक्रोशको व्यवस्थापन गर्न चालिएको कदम जस्तो प्रतीत हुन्छ । हुन त युक्रेनीहरू देशमा व्याप्त भ्रष्टाचारबाट आजित भइसकेका छन् र त्यसमाथि युद्धको बेलामा गरिएको भ्रष्टाचारबाट त झन् उनीहरूको आक्रोश चरमचुलीमा पुगेको छ । 

जनताको त्यही आक्रोशलाई जेलेन्स्की अपदस्थ गराउने अभियानमा परिणत गर्ने षड्यन्त्र त सरकारी अधिकारीहरूले बुनिरहेका थिएनन् ? त्यो कुरा थाहा पाएर नै जेलेन्स्कीले उनीहरूलाई राजीनामा गर्न लगाएका त हैनन् ? यी प्रश्नहरू पनि उठाउन सकिन्छ ।

युक्रेनी सरकारमा मात्र नभई सेनामा पनि मतभेद र आन्तरिक लडाइँको स्थिति रहेको विषयमा डेली मेल अस्ट्रेलियामा निक स्मिथले एउटा एक्सक्लुसिभ सामग्री प्रकाशन गरेका छन् । स्मिथका अनुसार, इमेस फाक नामक एक महिला गत जुलाई महिनामा युक्रेनका लागि लड्न गएका विदेशी सैनिक फरेन लिजनको सञ्चार निर्देशकका रूपमा भर्ती भएकी थिइन् ।

उनीसँग सेनालाई गम्भीर क्षति पुग्ने सूचना रहेकाले उनले गरेका हरेक आर्थिक घोटालाप्रति सेनाले आँखा चिम्लिएको विषयमा लिजनका वरिष्ठ अधिकारीले गोप्य कागजात तयार पारेको स्मिथ लेख्छन् । फाकले युक्रेनी सेनाका जनरल आन्द्री ओर्डिनोविचलाई ब्ल्याकमेल गरेको विषयमा गर्वका साथ सुनाएको गोप्य अडियो पनि फेला परेको स्मिथले उल्लेख गरेका छन् । 

मिडियालाई उक्त सामग्रीहरू युक्रेनको सैन्य गुप्तचर निकाय एसबीयूले उपलब्ध गराएको हुन सक्ने अनुमान गरिएको छ । यस प्रकरणले युक्रेनी सेना पनि भ्रष्ट रहेको र शीर्ष अधिकारीहरूले भ्रष्टाचारलाई प्रोत्साहन गर्दा विदेशी सैनिक अधिकृतहरू निराश बनेको संकेत दिन्छ । 

हुन पनि रक्षा उपमन्त्री शापोभालोभले सेनासँग मिलेर भ्रष्टाचार गरेकै भएर राजीनामा दिएका हुन् । अनि रक्षामन्त्री ओलेक्सी रेज्निकोभ पनि त्यही काण्डमा मुछिएका छन् यद्यपि उनीमाथि जेलेन्स्कीको कृपादृष्टि अहिलेसम्म कायम छ । 

जे होस्, युक्रेन सरकार र सेनाभित्र जेलेन्स्कीको विपक्षमा माहोल बनाउनका लागि बल पुग्ने गरी अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि युक्रेनको भविष्यका सम्बन्धमा निराशाजनक कुरा सुनिन थालेका छन् । 

पोल्यान्डका राष्ट्रपति आन्द्रेज डुडाले स्विटजरल्यान्डको डाभोसमा आयोजित वर्ल्ड इकोनोमिक फोरमको बैठकमा पश्चिमबाट भारी हतियार तथा गोलीगट्ठा उपलब्ध नभएमा युक्रेन बाँच्ने सम्भावना नै नरहेको दाबी गरे । त्यसअघि पोल्यान्डका प्रधानमन्त्री म्याटेयुज मोेरावीकीले युक्रेनलाई जर्मनीले लेपर्ड ट्यांक उपलब्ध नगराएमा रुसविरुद्धको युद्ध हार्ने चेतावनी दिए । त्यही दिन पोल्यान्डका सेनाप्रमुख राजमुन्ड आन्द्रेजाकले आफ्नो देशको सरकारी सञ्चारमाध्यमसँग कुराकानी गर्दै रुसी सेना अझै पनि निकै बलियो रहेको बताए । 

युक्रेनलाई लेपर्ड ट्यांक दिन जर्मनी हिचकिचाइरहेको अनि अब्राम्स ट्यांक दिन अमेरिका अनकनाइरहेको अवस्थामा ती दुवै देशलाई दबाब पुग्ने गरी यी अभिव्यक्तिहरू आइरहेका हुन् । दबाबपछि अमेरिकाले युक्रेनलाई ३० वटा अब्राम्स ट्यांक दिन खोजेको दुई अमेरिकी अधिकारीले बताए भनी सीएनएनले खबर दिएको छ । जर्मनीले पनि युक्रेनलाई लेपर्ड ट्यांक दिने भएको कुरा त्यहाँको डेर स्पीगल पत्रिकाले खबर दिएको छ ।

तर यी ट्यांकहरूले पनि युद्धको दिशा परिवर्तन गर्ने कुरा शंकास्पद छ । हुन त यी ट्यांकहरू युक्रेनसँग भएका सोभियतकालीन ट्यांकभन्दा धेरै प्रभावकारी छन् तर यिनले युक्रेनी भूभागबाट रुसीहरूलाई पछि हटाउन कत्तिको सहायता गर्लान् भन्ने विषय आफैंमा विचारणीय छ । 

जेलेन्स्की भने जतिसुकै मानिस मारिए पनि युक्रेनी शहरको प्रतिरक्षा जारी राख्नुपर्ने अड्डी लिइरहेका छन् । हुन पनि जर्मनीका नाम खुलाउन नचाहने एक अधिकारीले बाखमुतको लडाइँमा तेहरो अंकमा युक्रेनी सैनिकहरू मारिइरहेको बताएका छन् । 

अमेरिकाका लागि रुसका राजदूत आनातोली आन्तोनोभले युक्रेन पुग्ने सबै अमेरिकी ट्यांकलाई रुसले ध्वस्त पारिदिने बताएका छन् । अनि राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले यी ट्यांकहरूको सञ्चालन तथा मर्मतसम्भार कठिन हुनाले युक्रेनी सेनालाई अतिरिक्त भार मात्र हुने अनि अन्य पश्चिमी हतियार जस्तै यिनलाई पनि रुसले ध्वस्त पार्ने बताएका छन् । 

अमेरिका र जर्मनीले युक्रेनलाई हतियार सहायता दिएको भए पनि त्यहीँका अधिकारीहरूले युक्रेनको सफलताका विषयमा निराशाजनक कुरा गरेका छन् । अमेरिकी सेनाका सर्वोच्च अधिकृत जोइन्ट चीफ्स अफ स्टाफका अध्यक्ष जनरल मार्क मिल्लीले जर्मनीको रामस्टाइन एयरबेसमा आयोजित बैठकमा युक्रेनले रुसलाई अधीनस्थ भूभागबाट हटाउन असम्भव नभए पनि एकदमै गाह्रो रहेको बताए । 

अनि अर्का एक अमेरिकी अधिकारीले नाम नखुलाउने शर्तमा सञ्चारमाध्यमलाई युक्रेनको गलत रणनीतिका विषयमा आलोचना गर्दै बयान दिए । युक्रेनले बाखमुतका लागि यति धेरै सैन्य सामग्री तथा मानवस्रोत नष्ट गर्नु बेकार रहेको उनले बताए । 

जेलेन्स्की भने जतिसुकै मानिस मारिए पनि युक्रेनी शहरको प्रतिरक्षा जारी राख्नुपर्ने अड्डी लिइरहेका छन् । हुन पनि जर्मनीका नाम खुलाउन नचाहने एक अधिकारीले बाखमुतको लडाइँमा तेहरो अंकमा युक्रेनी सैनिकहरू मारिइरहेको बताएका छन् । 

यसरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा मतभिन्नता र नीतिगत आलोचना बेहोरिरहेका जेलेन्स्कीले आक्रोश मत्थर गराउने हिसाबमा भ्रष्ट अधिकारीहरूलाई राजीनामा दिन लगाएको देखिन्छ । यस प्रकरणले सरकारभित्र चलिरहेको संघर्षलाई विराम दिन्छ कि थप चर्काउँछ भन्ने कुराले युद्धको परिणामलाई समेत असर पार्नेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x