२७ असार २०८३, शनिबार

शाहरुख खानको फिल्म पठानले पायो भव्य ओपनिङ

माघ १२, २०७९
शाहरुख खानको फिल्म पठानले पायो भव्य ओपनिङ

बलिउड सुपरस्टार शाहरुख खानको फिल्म पठानले रिलीज भएको पहिलो दिन बुधवार भव्य ओपनिङ गरेको छ । 

चार वर्षपछि ठूलो पर्दामा देखिएका शाहरुखको यस फिल्मलाई बहिष्कार गर्न माग गरिएको भए पनि दर्शकहरू फिल्म हेर्न हलमा ओइरिएका छन् । 

पठानले पहिलो दिनमा बाहुबली फिल्मको कमाइलाई पछि पारेको छ । 

बक्स अफिस इन्डियाका अनुसार, सिद्धार्थ आनन्दको निर्देशनमा बनेको पठानले बुधवार ५१ करोड भारुको कीर्तिमान कमाइ गरेको छ । दर्शकहरू सिनेमाघरमा गएर सिट्ठी बजाउँदै अनि नाच्दै फिल्म हेरिरहेको भिडियो पनि सार्वजनिक भएको छ । 

फिल्मप्रति दर्शकको क्रेज अत्यधिक रहेकाले हलहरूले शो बढाएका छन् । बिहान ६ बजेदेखि राति ११ः३० बजेसम्म पनि शोहरू राखिएका छन् । निकै रातिका शोहरू पनि हाउसफुल छन् । 

साताको मध्यभागमा रिलीज भएको फिल्मको यो कमाइ निकै राम्रो हो । बाहुबली २ ले साताको मध्यमा रिलीज भएर गरेको कमाइलाई पठानले पछि पारेको छ । 

यस अर्थमा पठानले सन् २०२२ मा रिलीज भएको केजीएफ २ लाई पनि जितेको छ । केजीएफ २ शुक्रवार रिलीज भएर पहिलो दिन ५२ करोड भारु कमाएको थियो तर पठान साताको मध्यमा आएर पनि ५१ करोड भारु कमाउन सफल भयो । 
 

salt training

कमेन्ट गर्नुहोस्