
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको डाक्टरहरुको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक भएको छ । जसअनुसार ४७.२१ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् ।
माघ १२ देखि १५ गतेसम्म भएको परीक्षामा मेडिकलतर्फ ४७.११ र डेन्टलतर्फ ४७.६० प्रतिशत उत्तीर्ण भएको काउन्सिलले जनाएको छ । परीक्षामा दुई हजार ३११ परीक्षार्थी सहभागी रहेको आइतबार सार्वजनिक सूचनामा उल्लेख छ ।