
नेपालका लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपाल प्रालिले यही माघ १८ गतेदेखि हुने गरी स्विच टु प्रमियम कार कल्चर नामक आकर्षक ग्राहकमुखी एक्सचेन्ज योजना ल्याएको छ।
जसमा आफूसँग भएको पुरानो गाडीलाई साटेर नयाँ गाडी खरिद गर्न चाहने ग्राहकलाई बुधबार ९माघ १८० देखि लागु हुने गरी देशव्यापी रूपमा एक्सचेन्ज अफर शुरू गर्न लागिएको पुजा प्रालिले जनाएको छ।
आफ्नो पुरानो गाडी साटेर नयाँ फक्सवागनको गाडी खरिद गर्ने ग्राहकहरूले पुरानो गाडीमा बजारमा पाउने मूल्यांकनभन्दा राम्रो मूल्यांकन दिइने कम्पनीको दाबी छ।
साथै योजना अवधिभर ग्राहकहरूले विभिन्न अतिरिक्त सुविधाहरू पनि प्राप्त गर्न सक्नेछन्। साथै फ्री एक्सेसरिजहरू, फक्सवागनका ग्राहकलाई विशेष लोयल्टी बोनसलगायत सेवा प्रदान गरिने पनि कम्पनीले जनाएको छ।
साथै ३ जना भाग्यशाली ग्राहकहरूले लक्जरी रिसोर्टमा स्टेकेशन पनि जित्न सक्नेछन्।
हाल नेपालमा फक्सवागनका Polo, Taigun, Allspace र Touareg भेरियन्टहरू देशभर रहेका फक्सवागनका शोरूमहरूमा उपलब्ध छन्।
फक्सवागनको गाडीहरू १ वर्ष वा १५,००० किलोमिटरमा सर्भिसिङ गर्दा हुने भएकाले ग्राहकहरूको समय बचाउन मद्दत हुनेछ।
२ वर्षको अनलिमिटेड केएम वारेन्टी र प्रत्येक कारमा ३ वर्षको पेन्ट वारेन्टी उपलब्ध गराइएको छ।
पूजा इन्टरनेशनल नेपाल प्रालिले १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडीको बिक्री र वितरण गर्दै आएको छ।
अतुलनीय स्टाइल, आराम र विलासिताको साथै सुरक्षा मापदण्डका हिसाबले उत्कृष्ट निर्माण भएका कारण नेपालमा बिक्री वितरण शुरू भएदेखि नै फक्सवागन नेपाली कार पारखीहरूबीच निकै लोकप्रिय ब्रान्डको रूपमा स्थापित भएको छ।