११ साउन २०८३, सोमबार

लक्ष्मी बैंकको १४४ औं शाखा ललितपुरको हात्तीवनमा

लक्ष्मी बैंकको १४४ औं शाखा ललितपुरको हात्तीवनमा

लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १४४ औं शाखा ललितपुर महानगरपालिकाको वडा नम्बर २८ को हात्तीवनमा आज सञ्चालनमा ल्याएको छ।

यस शाखामार्फत बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४४ शाखा, १४ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटीएम, २५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६९ शाखारहित बैंकिङ एजेन्टहरू पुगेका छन्।

यो शाखाको साथ बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायत वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा आक्रामक रुपमा आफ्नो शाखा विस्तार गर्दै आएको छ । 

यो शाखाको विस्तार सँगै बैंकले ग्राहकहरूलाई उनीहरूकै रोजाइका माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवाप्रादन गरी शहरी तथा अर्धशहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरूप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्