१८ असार २०८३, बिहीबार

जनक शिक्षाका दिनभर विद्यार्थीको धर्ना, गेट तोडफोड

जनक शिक्षाका दिनभर विद्यार्थीको धर्ना, गेट तोडफोड

विद्यालयको पाठ्यपुस्तक छपाइ गर्दै आएको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा आज नेकपा (एकीकृत समाजवादी) को विद्यार्थी सङ्गठन अनेरास्ववियुले दिनभर धर्ना दिएर घेराउ गरेको छ । 
    
जनक शिक्षालाई भ्रष्टाचारको अखडा बनाएको, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कमिसनका खेलमा लागेर पुस २९ गते कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी छापाखानालाई छाप्न दिने निर्णयको गरेको भन्दै त्यसको विरोधमा धर्ना दिएर घेराउ गरेको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बताए । 
    
शिक्षा मन्त्रालयले निजी छापाखानालाई पुस्तक छाप्न दिन गरेको निर्णय तत्काल फिर्ता लिनुपर्ने, जनक शिक्षालाई भ्रष्टाचार मुक्त बनाउनुपर्ने, भ्रष्टाचार गर्नेलाई कारबाही गर्नु पर्नेलगायतको माग राखेर धर्ना तथा घेराऊ गरेको उनले बताए । 
    
जनक शिक्षालाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने र विद्यालय तहको सबै पाठ्यपुस्तक केन्द्रलाई नै छाप्न दिनुपर्ने माग राख्दै धर्नामा उत्रिएका थिए । विद्यार्थीले विरोधका क्रममा जनक शिक्षाको गेट तोडफोड गर्न खोज्दा क्षति पुगेको केन्द्रका प्रवक्ता चित्रराज आचार्यले बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्