०८ असार २०८३, सोमबार

पुष्प खड्का र गरिमा शर्मा अभिनित 'डाली लपक्कै' सार्वजनिक

पुष्प खड्का र गरिमा शर्मा अभिनित 'डाली लपक्कै' सार्वजनिक

अमेरिका बसेरै दोहोरी क्षेत्रमा निरन्तर सक्रिय पवन ओलीको नयाँ गीत 'डाली लपक्कै' सार्वजनिक भएको छ।

पवन ओलीको शब्द संगीत रहेको सार्वजनिक गीतमा स्वर ओली र गायिका शान्तिश्री परिवारको स्वर सुन्न सकिन्छ। गीतलाई आशिस अविरलले एरेन्ज गरेका हुन्।

गायक ओलीका यसअघिका 'बुटवल बसपार्क' ,'धानै कुट्ने ढिकी' ,'माछी बस्यो खोलीमा पानी' लगायतका गीतहरू छन्। 

मौसम हिमालीको कोरियोग्राफी र निर्देशन रहेको म्युजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्माको अभिनय देख्न सकिन्छ।

सार्वजनिक गीतलाई निकै सुन्दर तरिकाले निर्माण गरिएको छ। लोक शैलीको गीतलाई नवराज उप्रेतीले खिचेका हुन्।  म्युजिक भिडियोमा विमला तामाङको मेकअप र मिलन विश्वकर्माको सम्पादन छ। 

salt training

कमेन्ट गर्नुहोस्