![म्युजिकल फिल्म ‘भेटन आउनु’ सार्वजनिक [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Vetna_aaunu1_WtlkBoF9Il.jpg)
‘भेटन आउनु’ बोलको म्युजिकल फिल्म युट्युबमा सार्वजनिक गरिएको छ ।
आइतवार सार्वजनिक यो म्युजिकल फिल्ममा सागर थापाको शब्द, एसडी योगीको संगीत र स्वर सुन्न सकिन्छ ।
भिडियोमा सागर र दिव्यानी ओलीको अभिनय छ । अनिल के. मानन्धरको कथा, छायाँकन एवं निर्देशनमा भिडियो तयार भएको हो ।
युट्युबमा दिनहुँ नयाँ–नयाँ गीतको भिडियो सार्वजनिक भइरहेका छन्, त्यसको भिडमा ‘भेटन आउनु’ स्रोता/दर्शकलाई पृथक लाग्न सक्छ ।
यसको अडियो र भिडियो दुबैले स्रोता/दर्शकको मन जित्न सक्छ । सुन्दर लोकेशनमा खिचिएको भिडियो सिनेम्याटिक लाग्छ । माथिल्लो मुस्ताङमा भिडियोको छायाँकन गरिएको हो ।
निर्माण पक्षले निकै मेहनतका साथ भिडियो तयार पारेको जनाएको छ ।
भिडियोले युट्युबमा अपेक्षित भ्युज नपाएपनि सांगीतिक क्षेत्रका थुप्रैले गीतको तारिफ गर्दै फेसबुकमा शेयर गरेका छन् ।
यस म्युजिकल फिल्ममा मनोज कार्कीको सम्पादन एवं कलर छ ।