०८ असार २०८३, सोमबार

क्यान इन्फोटेकमा अवलोकनकर्ताको भीड, कलेजहरूको पनि स्टल

क्यान इन्फोटेकमा अवलोकनकर्ताको भीड, कलेजहरूको पनि स्टल
फाइल तस्वीर

सूचना प्रविधि मेला, २०७९ क्यान इन्फोटेकमा अवलोकनकर्ताको भीड बढेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि कम्प्युटर एशोसिएशन अफ नेपाल क्यानले सूचना प्रविधिसम्बन्धी जानकारी दिने उद्देश्यले शुरु भएको क्यान इन्फोटेक अवलोकन गर्नेहरूको भीडभाड बढेको हो ।

इन्फोटेकमा नयाँनयाँ सूचना प्रविधि र जानकारी लिनको लागि अवलोकन कर्ताहरूको बाक्लो उपस्थिति भइरहेको व्यवसायीहरूले बताएका छन् ।

उनीहरूले मेलामा नयाँनयाँ नेपाली सफ्टवयर इञ्जिनियरहरूले बनाएका प्रविधिहरूका अवलोकन गर्न र कलेजहरूको समेत स्टल रहेकाले टेक्नोलोजी पढ्न चाहने धेरै विद्यार्थीहरू अभिभावकसहित इन्फोटेकमा अवलोकन गर्न आइरहेको बताए ।

उनीहरूले मानिसको जीवनलाई प्रविधिसँग जोड्दै नयाँ प्रविधिबारे जानकारी दिने तथा व्यापार गर्ने उद्देश्यले क्यान इन्फोटेकको रहेको आयोजकले बताएको छ ।

समयअनुसार प्रविधिको नयाँनयाँ विकास हुँदै गएकाले इन्फोटेकमा नयाँ प्रविधिहरू हेर्न र जानकारी लिन मेलामा आउने अवलोकनकर्ताहरूको भीड लागिरहेको लर्डबुद्ध एजुकेसन फाउण्डेसनका निर्देशक उदयकान्त झाले बताए।

उनले नेपालका आईटी पढाउने क्यापसहरूले कस्तो टेक्नोलोजी अध्यापन गराएको छ ? भन्ने विषय पनि कजेलहरूको स्टलहरूमा गएर जानकारी लिन सकिने बताए।

उनले मेलामा आउने नयाँ टेक्नोलोजी र नयाँ पाठ्यक्रमको विषयमा जान चाहेको पाइएको पनि बताए।

त्यस्तै, मेलामा स्टल राखेको पिसिपिएस कलेजका मार्केटिङ म्यानेजर सुनन्द रेग्मीले पछिल्लो समय मोबाइल एप्सहरूमा नै धेरै टेक्नोलोजी हेर्न सकिने भएकाले मेलामा अवलोकनकर्ताको कमी जस्तो देखिएको बताए।

उनले मेलामा टेक्नोलोजी अध्ययन गर्न विद्यार्थीहरूको लागि कजेलहरूको स्टल राख्नाले विद्यार्थीहरूको आवागमन बढेको बताए।

विद्यार्थीहरूको टेक्नोलोजीसम्बन्धी चाहना विगतभन्दा फरक पाइएको उनको भनाइ थियोफ।

त्यस्तै रेष्टटोनी कम्प्युटरको म्यानेजर वासुदेव सुवेदीले मेलामा आउने अवलोकनकर्ताहरूको नयाँ टेक्नोलोजीको विषयमा अत्याधिक चासो रहेको बताए।

मेलामा १ सय ५० भन्दा बढी स्टलमा ल्यापटप, डेस्कटप कम्युटर, माउस, किबोर्ड, तथा टेलिभिजन सेटलगायत सामग्री अवलोकन गर्न पाइन्छ ।

इन्फोटेकमा नयाँ प्रविधिमा भएको परिवर्तन तथा यससँग सम्बन्धित अन्य जानकारी एउटै स्थानबाट प्राप्त गर्न सकिन्छ ।

मेलामा नेपाल टेलिकम, कम्प्युटर तथा कम्प्युटर सम्बन्धित सामान, सिजी कम्पनी, कलेज, बैंक तथा वित्तीय संस्थामा प्रयोग हुने प्रविधिका सामान, गमला घर, किताव, इलेक्टिकल बाइकहरूको समेत स्टल राखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्