पुस १९, २०८०
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
इतिहास प्रायः गतिमय छालहरूसँग हुत्तिदै बाङ्गो–टिङ्गो र घुमाउरो बाटो हिँड्ने गर्छ : फ्रेडरिक एंगेल्स
आधुनिक नेपालको राजनीतिक इतिहास दाउपेच–षड्यन्त्र, हत्या–लुटपाट, आक्रमण–प्रत्याक्रमण, नजरबन्द–देशनिकाला, दमन–प्रतिरोध, शोषण, उत्पीडन, मौनता र विस्फोटका अनगिन्ती श्रृङ्खलाका घुम्तीहरू पार गर्दै यहाँसम्म आइपुगेको छ ।
गएका साढे दुई सय वर्षका तमाम खाले विभेद र अत्याचारको मौनता भंग गर्दै एउटा विस्फोटक प्रतिरोधको भयानाक आवाज गुञ्जिएको दिन हो, २०५२ फागुन १ । यो जनयुद्धको शंखघोष गरिएको दिन हो ।
आफ्नो जात, सामाजिक कुप्रथा, अन्धविश्वास, कुरिती, कु–संस्कारका कारण विभिन्न खाले अवसरबाट वञ्चित वर्ग, समुदाय, भाग्य र नियतिलाई धिक्कार्दै नारकीय जीवनमा बाँचिरहेको त्यो समय वास्तवमै कहालिलाग्दो थियो । समाजको अछुत, सीमान्तकृत र महिलाहरूको जीवन मौनता र दासताको चौघेराभित्र थियो ।
जनयुद्ध नामको इतिहासको नयाँ राजनीतिक कथाले पहिलोपटक भाग्यवाद, नियतिवाद, मौनता र दासतामाथि जोडदार फायरिङ गर्यो, त्यसको संरक्षक सामन्ती सत्ता र त्यसका सुरक्षा, आर्थिक, सामाजिक र सांस्कृतिक संरचना भएकाले त्यो फायरिङको निशाना त्यतै सोझियो । तत्कालीन आर्थिक–सामाजिक–सांस्कृतिक मनोदशाको कारक राजनीतिक प्रणाली, सत्ता संरचना र सत्तासीन वर्ग थियो । त्यसमाथि धावा नबोली आजको परिवर्तन सम्भव थिएन ।
पुरानो सत्ताले आफ्नो आयुको रक्षा गर्ने र जनयुद्धले त्यसलाई यथाशीघ्र ध्वस्त पार्ने लडाईंका बीच हजारौं मानिसहरूको मृत्यु भयो, त्यसका लागि हामीलाई अफसोस छ । इतिहासको त्यो त्रासदी हाम्रो कुनै रोमाञ्चित इच्छा थिएन । कुनै व्यक्तिमाथिको प्रतिशोध थिएन । र, मात्र सत्ता हत्याउने प्रपञ्च थिएन । आर्थिक–राजनीतिक–सामाजिक र सांस्कृतिक रूपान्तरणका लागि बल प्रयोगबाहेक अरू कुनै औजारले काम गर्नेवाला थिएन ।
बरु, बीपी नेतृत्वको नेपाली कांग्रेसको दोस्रो चरणको शान्तिपूर्ण सत्याग्रह र झापा विद्रोहबाट शान्तिपूर्ण सह–अस्तित्वको नारामा प्रतिस्पर्धामा आएको मदन भण्डारी नेतृत्वको एमालेबाट राजतन्त्र अन्त्य नभएको र बरु संवैधानिक सीमाबाट विस्तारै राजतन्त्रले सक्रिय भूमिकाको खोजी गरिरहेको अवस्थामा राजतन्त्र ढाल्न बल प्रयोग एक मात्र निर्विकल्प उपाय थियो । जनताको मुक्तिका लागि जनयुद्ध र बन्दुकसँग प्रतिरोध गर्न हतियारबद्ध फौजसहितको सशस्त्र संघर्ष इतिहासको अपरिहार्य आवश्यकता थियो ।
संसारका सबैखाले गृहयुद्ध, वर्गयुद्ध, सीमायुद्ध लगायत राज्यक्रान्तिहरू बन्दुकको नालबाट उत्कर्षमा पुगे र पुरानो व्यवस्थालाई धक्का दिएर मात्रै निष्कर्षमा पुगे । नेपालको इतिहासमा गुलेलीले मट्याङ्ग्रा मारेर व्यवस्था परिवर्तन हुँदैनथ्यो । यद्यपि पूर्वाग्रही ग्रन्थीका पुरातनपन्थीहरूले क्रान्तिका उपलब्धीभन्दा युद्धमा भएको क्षतिलाई तिलको पहाड बनाएर माओवादी आन्दोलनको तेजोबध गर्ने सकुनी प्रपञ्च जारी राखेका छन् ।
साँचो कुरा के हो भने २०४८ को संसदीय चुनावमा ९ सीट जितेको तत्कालीन मशालको ठूलो हिस्सा जब गाउँ फर्कियो तब बहुदलवादी दलहरूको अत्याचारले पञ्चहरूको स्थान लिएको र जनजीवनमा कुनै परिवर्तन नआएको देख्यो । सोहीकारण प्रचण्डले राज्यसत्ताविरुद्ध बन्दुक उठाउने संकल्प गरे । त्यसपछि नेपालको राजनीति दुई भागमा विभाजित भयो । त्यसअघि कुनै पनि पार्टीले राजतन्त्र ढाल्ने नारामा पूरा गाउँहरूलाई आधार बनाएर आफ्ना राजनीतिक कार्यक्रमहरू तय गरेको थिएनन् ।
२०५२ फागुन १ पछि माओवादीले विस्तारै देशका ग्रामीण इलाकामा आफ्नो वर्चस्व स्थापित गर्यो । ०६० को दशकको आरम्भमै उसले ग्रामीण इलाका सम्पूर्ण रूपले नियन्त्रणमा लियो । गाउँ, चोक, शहर र गल्लीहरूमा विद्रोहहरू उठ्न थाले । राजधानीसम्म त्यसको प्रतिध्वनिले हलचल पैदा गर्यो अनि पुरानो सत्तामा कम्पन शुरू भयो । त्यसले सामन्ती राजसंस्थाविरुद्ध किसानका खेत र मजदुरका प्रतिष्ठानहरूमा संघर्षको बिउ रोप्यो । विस्तारै त्यो जनआन्दोलनमा परिणत भयो । सत्ता परिवर्तन भयो ।
त्यसको संस्थागत संरचनाहरू विकास गर्ने क्रममा मधेश आन्दोलन, आदिवासी जनजाति आन्दोलन, दलित आन्दोलन र थारुहट आन्दोलनका भुल्काहरू देखिए । तिनले आफ्नो अस्तित्व र स्वतन्त्रताको माग गरे । तिनका माग सम्बोधन त गरिए, यद्यपि उनीहरूको जेलजीवन, कानूनी अड्चन र व्यावहारिक कठिनाइहरू यथावत छन् । वास्तवमा यी आन्दोलनहरू नेपालको राजनीतिक इतिहासको भाग २ का पछिल्ला कडीहरू हुन् ।
ठीक यही बिन्दुमा आइपुग्दा २४ क्यारेटको चमकदार राज्यव्यवस्था र ‘ए ग्रेड’का नेताहरू बनाउने सपना बोकेको माओवादीदेखि संरचनाहरूमा पारदर्शिता र राजनीतिमा स्वच्छताको नारा बोकेर आएका नयाँ दलहरूमै ‘बी ग्रेड’कोे पोलिटिक्स शुरू भयो । त्यसअघिका दलहरूको ग्रेड त राजाले निर्धारण गरेका थिए । यद्यपि ती दलहरू राजाले निर्धारण गरेकै ग्रेडमा आफूहरू कायम रहेको दाबी गर्छन् र जनताको कन्फ्युजन, मिडिया सहयोग र नवउदारवादको हौसलाका कारण ती दलहरूलाई त्यसो भनिरहन र देखिरहन बल पुगेको छ ।
माओवादीभित्र आदर्श, आचरण, सिद्धान्त, व्यवहार र सादा जीवनशैली नपत्याउने रोग शुरू हुँदा यो पार्टी स्पष्ट उद्देश्य, प्रस्ट भिजन र क्लियर एजेन्डा हुँदाहुँदै पनि ‘बी ग्रेड’को पोलिटिक्समा झर्यो । तामझाम, तडकभडक, दम्भ, अहंकार एवं पार्टीभित्रैको एलिट क्लासको मात्रै कुरा सुनुवाइ हुन थालेपछि यो पार्टीको क्षयीकरण शुरू भयो । यसलाई समर्थक, शुभचिन्तकहरूले पवित्र चाहना राखेपनि ‘ए ग्रेड’ मा स्थापित गर्न कठिन बनेको छ ।
जनताले हतार–हतारमा केही नयाँ पार्टीलाई तिनका नेताहरूको वाकपटुता हेरेर ‘ए ग्रेड’को बनाउन खोजे तर नयाँ पार्टीका नेता–कार्यकर्ताको हर्कत, कर्तुत र समर्थकहरूको आवेग तथा उत्तेजनाले ती पार्टीहरू निर्वाचित भएर आएलगत्तै ‘बी ग्रेड’को चरित्रमा देखा परे ।
एजेन्डाका हिसाबले, पार्टी प्रणालीमा तिनले तय गर्ने दृष्टिकोणका हिसाबले, परिवर्तनको नेतृत्वदायी भूमिकामा रहँदा तिनले पुर्याउन चाहेको योगदानको स्केलका हिसाबले गणतान्त्रिक शासन व्यवस्थामा कांग्रेस, एमाले जस्ता पार्टीहरू आफैँमा ‘ए ग्रेड’ का पार्टीहरू होइनन् । यद्यपि राजनीतिक मोडहरूमा बिरलै इतिहासको पुनरावृत्ति हुने गर्छ । इतिहासको त्यही पुनरावृत्ति हुँदा संवैधानिक राजतन्त्रकातीन ति पार्टीहरू अहिले ‘ए ग्रेड’ को जस्तै देखिएका छन् ।
आजका दिनमा पनि माओवादी ‘ए ग्रेड’को पार्टीका रूपमा आफूलाई स्थापित गर्न जुन प्रकारले गम्भीर र संवेदनशील बन्नुपर्ने हो त्यो अवस्थामा देखिँदैन । सीमित मान्छेहरूको घेरामा पार्टी कैद हुने, सीमित मान्छेहरू सत्ताको वरिपरि झुम्मिने, लाभ लिनेहरूले नेतृत्व वरिपरि अरूलाई ढिम्किन नदिने, पार्टीलाई बिर्ता बनाउने, अरू कार्यकर्तालाई दोस्रो दर्जाका रैती ठान्ने प्रवृत्तिको विकास माओवादीभित्र हुनु विचित्रको कुरा हो तर यो यथार्थ बन्दै गएको छ । त्यसैले माओवादीले आफूलाई सुदृढ र समृद्ध बनाउन सकेको छैन ।
२८ औं जनयुद्ध दिवसमा आम माओवादीले संकल्प गर्नुपर्छ कि पार्टी जनताको हो । जनता र कार्यकर्तातिर फर्किनुपर्छ । राणाकालीन भाइ भरदार र काजीखलकको शैली लोकतन्त्रमा जनतालाई मन पर्दैन । त्यतातिर हेक्का राख्नुपर्छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...