१० साउन २०८३, आइतबार

राष्ट्र बैंकले वित्तीय संस्थालाई भन्यो - ग्राहकले नमागेको सूचनाको शुल्क नलिनू

राष्ट्र बैंकले वित्तीय संस्थालाई भन्यो - ग्राहकले नमागेको सूचनाको शुल्क नलिनू

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूका लागि वित्तीय चेतना जारी गरेको छ। 

बैंकले आज एक सूचना जारी गर्दै ग्राहकले नमागेको सूचनाबापतको कुनै पनि सेवा शुल्क नलिन भनेको छ। 

ग्राहकको अनुमतिबिना उपलब्ध गराइएका कुनै पनि सेवाबापत शुल्क लिए १० प्रतिशत थप गरी ग्राहकको खातामा जम्मा गर्नुपर्ने कानूनी व्यवस्था रहेको भन्दै राष्ट्र बैंकले जानकारी दिएको छ।

यदि यस्तो अवस्था भए अर्थात् कुनै पनि वित्तीय संस्थाले ग्राहकलाई जानकारीबिना यस्तो शुल्क लिए सम्बन्धित अधिकारीसमक्ष गुनासो गर्न आग्रह गरेको छ। 

साथै उक्त संस्थाबाट गुनासो सुनुवाइ नभए राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइसमा सम्पर्क गर्न आग्रह गरेको छ। 

salt training

कमेन्ट गर्नुहोस्