१६ असार २०८३, मंगलबार

उर्लाबारी, आँबुखैरनी र दाङको मटियामा भायोनेटको नयाँ शाखा

उर्लाबारी, आँबुखैरनी र दाङको मटियामा भायोनेटको नयाँ शाखा

भायानेट कम्युनिकेशन लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा मोरङ जिल्लाको उर्लाबारी, तनहुँ जिल्लाको आँबुखैरेनी र दाङ जिल्लाको लाल मटियामा नयाँ शाखा विस्तार गरेको छ।

आफ्नो ग्राहकहरूका लागि समय समयमा विभिन्न योजनाहरू सञ्चालन गर्ने भायानेटका योजनाहरूबाट अब यी ठाउँका सर्व साधारण पनि लाभान्वित हुने भायोनेटले जनाएको छ।

पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्राफाई जस्ता योजनाहरू मार्फत सुपथ मूल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायोटीभीको मजा लिन पाउनेछन्।

यसै सन्दर्भमा शाखा विस्तार गरिएका उर्लाबारी, आँबुखैरनी र मटियामा सेवा विस्तार भएको खुशीयाली बाँड्न कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा विषेश ओपेनिङ अफर उपलब्ध गराएको छ । यो सुविधा भने कम्पनीले सीमित अवधिका लागि ल्याएको जनाएको छ। ​

भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आईपी टीभी सेवाको पनि शुभारम्भ गरेको थियो ।

तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायोनेट आईएसओ ९००१-२०१५ प्रामाणिक कम्पनी हो।

salt training

कमेन्ट गर्नुहोस्