
जर्मनीले कोभ्याक्स फेसिलिटी मार्फत नेपाललाई फ़ाइजर बायोएनटेकको बाइ भेलेन्ट कोभिड-१९ खोपको पन्ध्र लाख भन्दा बढी डोज हस्तान्तरण गरेको छ।
नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले आज मन्त्रालयमा उक्त खोप हस्तान्तरण गरेका हुन् ।
राजदूत डा. प्रिन्जले भने, “यो महामारीको शुरुवातदेखि नै जर्मनीले नेपाली जनतालाई सहयोग गर्दै आएको छ र बहुपक्षीय समाधानहरू जस्तै कोभ्याक्स र एक्ट-एक्सेलेटरको वकालत गरेको छ। यस महामारी विरुद्धको लडाईँमा खोपहरूको महत्वपूर्ण भूमिका रहेको छ र आज जर्मनीमा आविष्कार गरिएका खोपहरू हस्तान्तरण गर्न पाउँदा म अत्यन्त प्रसन्न छु। यस डेलिभरी पछि साथ नेपाललाई जर्मन खोप सहयोग ५५ लाख डोज भन्दा बढी पुग्ने छ”
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले जर्मनीद्वारा प्रदान गरिएको खोपले नेपालको अभियानलाई बलियो बनाउने प्रयासलाई सघाउने बताए ।