×

NMB BANK
NIC ASIA

सन्दर्भ : फागुन ७

पेरु, भेनेजुएलादेखि श्रीलंकासम्मको अनुभव– यसरी मासिन्छ लोकतन्त्र

फागुन ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वभर निर्वाचित नेताबाट नै उदार लोकतन्त्र जोखिममा परिरहेको अवस्थामा अमेरिकी लेखकहरू स्टिभान लेभित्स्की र डानियल जिब्लान्टले लोकतन्त्र कसरी मर्छ ? (हाउ डेमोक्रेसी डाइ ?) भन्ने पुस्तक प्रकाशन गरेका छन् । पुस्ततकको अध्ययनबाट लोकतन्त्र सधैं जोखिममा पर्दोरहेछ भन्ने व्यावहारिक तथ्य उद्घाटित हुन्छ । के लोकतन्त्र सधैँ जोखिममा रहने तरल विषय हो ? किन र कसरी आफ्नै संरक्षकबाट लोकतन्त्र जोखिममा पर्दछ ? केही दृष्टान्त हेरौं । सन् १९३० को मन्दीको समय पारेर युरोपमा लोकतन्त्रमाथि कालो बादल मडारियो । १९७० को दशकबाट ल्याटिन अमेरिकामा र ट्रम्पकालीन समयमा संयुक्तराज्य अमेरिकामा त्यस्तो स्थिति आयो । एसियाली र अफ्रिकी मुलुकहरूमा त यो क्रम सधैं देखिएको छ, किनकी अधिकांश एसियाली तथा अफ्रिकी मुलुकहरू आर्थिक सामाजिक आधारशिलामा कमजोर छन् । 

Sagarmatha Cement
Muktinath Bank

पहिला लोकतन्त्र सैनिक विद्रोहबाट मासिन्थ्यो । पछिल्लो समय निर्वाचित पदाधिकारीबाट नै लेकतन्त्र असुरक्षित बन्ने गरेको छ । लोकतन्त्रको संरक्षणका लागि क्रियाशील हुने विधिप्रविधिहरू लोकतन्त्रका पात्रहरूबाट असुरक्षित हुँदै आएका छन् । आवधिक निर्वाचन, शक्ति हस्तान्तरण र आमसञ्चार माध्यमहरू माथि अतिक्रमण हुँदै आएको छ । सार्वजनिक बौद्धिकप्रति दृष्टिदोष राखिँदैछ । प्रणाली निर्वाह गर्ने प्रशासनमाथि वृत्ति इष्र्या बढ्दो छ । निगरानी निकाय, अदालत, व्यावसायिक कर्मचारीतन्त्र लोकतन्त्रका ‘बफर जोन’ हुन् भन्ने भुलिएको छ । आधुनिक लोकतन्त्रको प्रयोगशाला मानिएको अमेरिका २०१७–२१ को अवधिमा अधिनायकवादको प्रयोगशाला बन्न पुग्यो । ओजहीन, अनुभवहीन, उत्साहहीन र स्वार्थपरस्त शक्तिउन्मादीहरू नेतृत्वमा पुग्दा लोकतन्त्रका संस्थाहरू त्यसको बोझ थाम्न नसकी धराशायी बन्दा रहेछन् भन्ने धेरै दृष्टान्त देखिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकतन्त्र कसरी मासिन्छ (मर्छ) त ? लोकतन्त्रको पहिलो शत्रु हतियार भएका मानिस हुन् । शीतयुद्धकालीन समयमा अर्जेन्टिना, ब्राजिल, डोमिनिकन गणतन्त्र, ग्रीस, ग्वाटेमाला, नाइजेरिया, पाकिस्तान, थाइल्यान्ड, टर्की, उरुग्वेहरूमा बन्दुकबाट लोकतन्त्र उखेलियो । एकपटक हतियारले शक्तिको स्वाद पाएपछि नागरिक सर्वोच्चता पटक–पटक निरीह हुन्छ भन्ने उदाहरण पनि यिनै मुलुकहरूबाट पाइन्छ । 


Advertisment
Nabil box
Kumari

तर जनताकै शक्तिबाट निर्वाचितहरूले पनि लोकतन्त्रलाई देखिसहेनन् भने लोकतन्त्र कसरी बाँच्छ ? यो प्रश्नचाहिँ धेरै संवेदनशील छ । लोकतान्त्रिक विधिबाट शक्तिमा पुग्नेहरू शक्तिमा रहिरहने लोभमा, अहंकार र उन्मादमा लोकतन्त्रलाई खतरामा पारेको कैयन उदाहारण छन् । हिटलरले रिग्स्ट्याग (संसद्) विघटन गरेर लोकतन्त्रलाई हत्या गरे । लोकतन्त्रको नाममा, आर्थिक तनावबाट मुलुकलाई माथि उठाउने लोकप्रिय चुनावी अभियान (प्रोपगान्डा) बाट जर्मनीको नेतृत्व सम्हालेका हिटलरको प्रधान शत्रु नै लोकतन्त्र बन्यो । अरू धेरै उदाहरणहरू छन् । 

Vianet communication
Laxmi Bank

ह्युुगो चाभेजको कथा पनि हिटलरको जस्तै छ । भेनेजुएलामा त्यहाँको सम्भ्रान्तवादी शासनबाट वाक्क भएका जनताले ह्युगो चाभेजलाई आस्थाको केन्द्र माने । यहाँसम्म कि चाभेजको शहर बारिनासका महिलाहरू लोकतन्त्र सङ्क्रमित (इन्फेक्टेड) भयो, हामीसँग भएको एउटै औषधि (एन्टिबायोटिक) चाभेज हो भन्ने भाष्य बनाउन थाले । शुरूका दिनमा उनले राम्रै पनि गरे । १९९८ मा राष्ट्रपति जितेपछि १९९९ मा गरिएको संविधानसभाको चुनाव परिणामले चाभेजलाई लोकतन्त्र बचाउने एन्टिबायोटिक मान्यो । अत्यधिक बहुमतका कारण उनको एकल सोचको आधारमा संविधान बन्यो । २००० को राष्ट्रपति चुनावमा पनि उनले शानदार विजय हासिल गरेपछि भने २००३ बाट लोकतन्त्रका नाममा अधिनायकवाद शुरू गरे । 

२००६ मा उनको विरोध गर्ने टेलिभिजनहरू प्रतिबन्धित भए । प्रतिपक्षीहरूलाई नजरबन्द गरियो । न्यायालय र मिडियामाथि आक्रमण गरियो । प्रतिपक्ष, आलोचना र खबरदारीविनाको शासनशक्तिमा उनी रमाइ रहे । उनको मृत्युपश्चात २०१४ मा भएको निर्वाचनमा चाभेजका सच्चा अनुुयायी निकोलस मादुरोले उनकै उत्तराधिकारीका रूपमा अधिनयाकवादी शासन चलाइरहे । परिणामतः भेनेजुएला निरङ्कुश शासन प्रणालीको ज्वलन्त उदाहरण बन्यो । प्रतिपक्षको खबरदारी नहुँदा एकपक्षीय संविधान बन्दा, अरूको प्रश्न सामना गर्न नपर्दा जनताका नेताहरू शक्तिमादमा कसरी निर्लज्ज निरङ्कुश बन्दारहेछन् भन्ने दृष्टान्त भेनेजुएलाले दियो । 

शक्तिको भोक र त्यसलाई पूरा गर्ने महात्वाकाङ्क्षाले लोकतन्त्रलाई कसरी कमजोर (सबभर्टिङ) बनाएर अन्ततः मासिन्छ भन्ने अर्को उदाहारण अल्वर्टो फुजिमोरीकालीन पेरु पनि हो । फुुजिमोरी निर्लज्ज निरङ्कुश बन्लान् भन्ने न कसैको अनुमान थियो, न त आफैं त्यस दिशामा जाने स्वभावका वा सपनामा थिए । विश्वविद्यालयका रेक्टर फुुजिमोरी १९९० मा सजिलै सिनेटर बने । उनको अनुुभवहीनता र प्राविधिकपनाका कारण कुनै राजनैतिक दलले उनलाई नपत्याएपछि उनले आफैंले आफैंलाई मनोनित गरेका थिए । 

उनलाई परिस्थितिले कसरी साथ दिएको थियो भने डा. गोञ्जालोे नेतृत्वको माओवादी गुरिल्ला साइनिङ्पाथले दशौं हजार मानिसको निश्रंश हत्या गरेको थियो । अर्थतन्त्र तहसनहस थियो । उच्च तहको मुद्रास्फीतिले सर्वसाधारणले दैनिकी धान्न सकिरहेका थिएनन् । सामाजिक तनाव थियो । यी सब कारणले वाक्क जनता सडकमा नारा घन्काउन थाले ‘फुुजिमोरी हामी तिमीजस्तालाई राष्ट्रपति देख्न चाहन्छौं । पुराना राजनीतिज्ञ, सम्भ्रान्त समाज, व्यापारिक घराना र संस्थापन पक्षका सञ्चार मारियो भेर्गास लोसालाई राष्ट्रपति देख्न चाहन्थे । महङ्गी, असुरक्षा र बेथितिबाट आक्रोशित सर्वसाधारणको स्वरले फुजिमोरीको प्रियतालाई ह्वात्तै उराल्यो र उनी नै राष्ट्रपति बने । शुरूमै अर्थतन्त्र सुधारका जनमुखी कार्यक्रम ल्याउन चाहे, तर अनुुभवले साथ दिएन । जितेपछि के गर्ने भन्ने योजना पनि उनीसँग थिएन । असल सोच मात्र थियो । विधि नपुुर्‍याइएका उनका प्रत्येक कदमलाई कंग्रेस (संसद्) ले साथ दिएन । आमसञ्चारले खेद्यो । अदालतले उल्टाइदियो । पेरुभियन सम्भ्रान्तहरू त पहिल्यैदेखिनै विरोधमा थिए । जनताको शक्तिको माद लागेका फुजिमोरीले संसदमा सहमति खोज्नुपनि अनुपयुक्त ठाने, सहयोग नगर्ने अदालतलाई ‘धूर्त स्याल’ भन्दै आलोचना गर्न थाले ।

एक दिन व्यापारीहरूको वृहत भेलामा फुजिमोरीले सम्बोधन गर्दै भने ‘के हामी साँच्चै लोकतन्त्रमा छौं ? मैले त्यो पाउन सकिनँ । देश त थोरै घराना, अल्यसंख्यक, स्वार्थ समूह र कोठरीले पो चलाएको रहेछ,’ त्यसपछि उनले लोकतान्त्रिक संस्थाहरूलाई बाइपास गरेर काम गर्न थाले । द्वन्द्वमा, अपराधमा थुनिएकाहरूलाई मुक्ति दिए । न्यायाधीशहरूको समाजले उनलाई अधिनायकवादी घोषणा गर्‍यो । आमसञ्चारले जापानी सम्राट भन्यो । जापानी मूलका भएकाले पनि आलोचना छिटो फैलियो । विदेशी मूलको नागरिकले शासन गरेको तुष संस्थापनमा छँदैथियो । अप्रिल ५, १९९२ मा फुजिमोरीले कंग्रेस विघटन गरिदिए । सुरक्षा, सुधार र स्थीरता चाहेका जनताको धैर्य टुट्यो र दुुई वर्षको अवधिमा जनप्रियाताले आँखाको नानी बनेका फुजिमोरी आक्रोशको तारो बन्न पुगे । जनता लोकतन्त्रको लागतमा सामान्य कुरा चाहिरहेका थिएनन् । यसले अनुुभवहीनता र उग्रमहत्वाकांक्षाले लोकतन्त्र मासिन पुग्छ भन्ने दृष्टान्त दिएको छ । 

प्रश्न गर्ने मानिसहरू नभएपछि राजनेताहरू कसरी स्वेच्छाचारी बन्दा रहेछन् भन्ने हालसालैको अर्को उदाहरण श्रीलंकाबाट पनि पाउन सकिन्छ । मेहनती मानिसहरू बस्ने सानो सुन्दर टापू श्रीलंका कुनै समय सिंगापुरको दृश्यविम्ब मानिन्थ्यो । १९६५ मा विकासको युुगान्तकारी अभियान थालेका ली क्वान युले आफ्नो मुलकलाई एक दशकभित्र श्रीलंका जस्तो बनाउने मार्गचित्र घोषणा गरेका थिए । तर २७ वर्षको जातीय गृहयुुद्धमा फसेको श्रीलंकाले करीब एक लाखजति नागरिक गुमायो । आर्थिक संरचनाहरू तहसनहस हुन पुग्यो । युद्धबाट क्षतविक्षत अर्थतन्त्र र बिग्रिएको सामाजिक सम्बन्धको पुननिर्माणको अर्को यात्रा शुरू भयो ।

सुधार एजेन्डालाई नेतृत्व दिन राजापाक्छे दाजुुभाइ लागिपरे । १९१९ को निर्वाचनमा गृहयुद्धका समय सैनिक नेतृत्व सम्हालेका प्रिय राजनेता गोतावाया राजापक्छे राष्ट्रपति बने भने उनका दाइ महिन्द्रा राजापाक्छे प्रधानमन्त्री । गोतावाया निकै प्रिय राजनेता भएकाले उनका दाजुले उनको राज्यकौशल, अनुुभव र ख्यातीलाई उपयोग गरिरहेका थिए । निर्वाचनको परिणामपछि राजापक्छे परिवारका गोतावाया, महिन्द्रा, वासिललगायत पाँचजना उच्च कार्यकारी तहमा विराजमान भए भने करीव तीन दर्जनजति आफन्तले विधायकलगायत महत्त्वपूर्ण जिम्मेवारी पाए । संसद्मा बहुमत र महत्त्वपूर्ण पदहरूमा परिवारको पकड भएकाले उनीहरूको नीति कार्यक्रम र भनाइमा प्रश्न गर्ने अवस्था पार्टीभित्र थिएन, प्रतिपक्षले पनि पहरेदारी गर्न सकेन । 

युद्धकलामा पाराङ्गत गोतानायक अर्थनीतिमा सिद्धहस्त थिएनन् । आर्थिक रूपमा मुलुक टाट पल्टियो । दैनिक उपभोग्य वस्तुहरू उपलब्ध भएनन् । शैक्षिक तथा सामाजिक सेवाहरू स्तब्ध भए । राष्ट्रका स्टाटस सिम्बोल बनेका राजनेता गोतानायक दाइको शक्ति उन्मादका कारण देशलाई डुबाउँदै अन्ततः मुस्किलले ज्यान जोगाउँदै भागेर विदेशको शरणमा पुुग्नुुपर्‍यो । उनका परिवार त यसअघि नै अमेरिका पलायन भै उहीँको नागरिक बनेपनि श्रीलंकाली जनताको भने दुःखका दिन फेरि शुरू भए । मुलुकको लोकतन्त्र मात्र धरापमा पारेन, अर्थतन्त्र र सामाजिक प्रणाली पनि स्तबध पार्‍यो, नजाने यसको पुननिर्माणका लागि कति समय लाग्ला । 

जिब्लान्ट र लेभित्स्कीले ऐतिहासिक तथ्यको विश्लेषणमार्फत निर्वाचित पदाधिकारीहरू लोकतन्त्र मास्ने चार रणनीति लिने गर्दछन् भन्ने निष्कर्ष निकालेका छन् । पहिलो, लोकतान्त्रिक मूल्य मान्यतालाई विस्तारै पाखा लगाउँछन् ।  दोस्रो प्रतिपक्षको उपस्थितिलाई अस्वीकार गर्छन् । तेस्रो, हिंसा–दमनलाई दुरुत्साहन गर्दछन् । चौथो नागरिक अधिकार र प्रेसप्रति असहिष्णु बन्दछन् । हो, अधिनायकवादी शासकहरू लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनउँछन् । निष्पक्ष निगरानी गर्ने संस्थालाई कानून र शक्ति देखाएर हतियारकरण (विपनाइजिङ) गर्छन् । सञ्चारलाई खरिद गर्छन् वा दलबाटै प्रेस चलाएर प्रश्न सोध्ने मुख टालिदिन्छन् । नागरिक समाजलाई चाहिँ को–अप्सनमा लान्छन् । धूूर्त पेशा व्यवसायीलाई राजनीतिमा ल्याउँछन् । व्यावसायिक प्रशासनलाई उसको मूल्य संस्कारबाट अलग्याउँछन् । राज्यका विशिष्ट अंगमा राजनीतिक मूल्याग्राहीलाई नियुक्त गरी आफ्नो सुरक्षाप्रति आश्वस्त बन्छन् । यी सबै प्रक्रिया लोकतन्त्र मास्ने मन्दविष हुन् । यर्दोगान, पुटिन, बोल्सोनारो, जाँ पेरोन र ट्रम्पहरू हिट्लर, मुसोलिनी, चाभेजहरूका यही रणनीतिका अनुयायी हुन् । 

धेरैजसो नेताहरू शक्तिमा पुगेपछि संविधानका अक्षरको आफूअनुकूल व्याख्या गर्छन्, त्यसैगरी अभ्यास गर्छन् तर आफूहरू जनमुखी र लोकतन्त्रवादी भएको भन्न पछि पर्दैनन् । आफूलाई अलोकतान्त्रिक अहिलेसम्म कसले पो भनेको छ र ? परवेज मुसरफ र थानस्वेले पनि लोकतन्त्रको हत्या गर्दा लोकतन्त्रको रक्षा गरेको भन्न भुलेनन् । अमेरिकी गभर्नर जर्ज वालाकले भनेका थिए, लोकतन्त्रमा संविधानभन्दा पनि शक्तिवान कुरा हुन्छ, त्यो चाहिँ जनइच्छा हो । संविधान जनइच्छाको उत्पादन हो । शक्तिको पहिलो स्रोत जनता हुन् । जनइच्छा परिचालन नभए जनताले संविधान नै परिवर्तन गरिदिन्छन्, तर भुल्न नहुुने केरा के हो भने राजनैतिक दलहरू संविधानका प्रधान रक्षक हुन् । चुनाव जित्नु मत जित्नुमात्र होइन, मन जित्नु हो । लोकतन्त्रमा राजनेताहरू दम्भको सगरमाथा बन्दैनन्, शालीनताले सगरमाथा बन्ने गर्दछन् । लोकतन्त्र न बास्केट बल हो, न शक्ति सङ्घर्षको अस्वस्थ खेल । यसलाई विधि, मानक, स्वनियन्त्रण, शालीनता, स्वार्थ समर्पण र निष्ठाको संस्कृतिले नै रक्षा गर्न सकिन्छ । इतिहासले यही कुरा सिकाएको छ । (@mainaligopi)

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x