१४ असार २०८३, आइतबार
सामाजिक सञ्जालले निम्त्याएको तनाव

टिकटकमा बढ्दो अपराध– भिडियो डाउनलोड गरी अपशब्द राखेर प्रचार गरेपछि‍...

फागुन ७, २०७९
टिकटकमा बढ्दो अपराध– भिडियो डाउनलोड गरी अपशब्द राखेर प्रचार गरेपछि‍...

झापाकी शर्मिला (नाम परिवर्तन) ले लामो समयदेखि सामाजिक सञ्जाल टिकटक प्रयोग गर्दै आएकी छन् । नयाँ–नयाँ ठाउँमा गएर भिडियो खिच्ने र भाइरल गीतहरूमा टिकटक बनाउने भएकाले उनका २ लाख ५० हजार भन्दै धेरै फलोअर्स छन् । 

उनले २० लाखभन्दा  धेरै लाइक पाइसकेकी छन् । भर्खर २२ वर्ष पुगेकी शर्मिलाले डुएड गर्ने सिस्टम अन गरेकी छन् भने उनका भिडियो डाउनलोड गर्ने अप्सन पनि अन छ । 

टिकटकमा रमाइरहेकी उनलाई यसकै कारण समस्या झेल्नुपर्ला भन्ने लागेको थिएन । अहिले उनी तनावमा छिन् । सामाजिक बदनामी त भएको छ नै अभिभावकको गाली पनि खानुपरेको छ ।

उनको भिडियो डाउनलोड गरेर फेक आईडी बनाएर तथानाम लेखेर अपलोड गरिएको छ । उनको  लिप्सिङमा अर्कैले अपशब्दहरू बोलेर भिडियो अपलोड गर्ने गरेको पाइएको छ । भिडियोमा ‘मेरो विवाह भएको छैन, यदि कसैलाई विवाह गर्न मन छ भने फोन गर्नुस्’, ‘म भर्जिन छु, कसैलाई भर्जिन .... छ भने नम्बर कमेन्ट गर्नुस्,’ लेखेर भिडियो राखिएको छ ।

सोही फेक आईडीका कारण वास्तविक आईडीमा समेत जथाभावी कमेन्ट आएर उनी हैरान छिन् । चौतर्फी बदनामी हुन थालेपछि उनले प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी छन् ।

प्रहरीका अनुसार यो प्रतिनिधिमूलक घटना मात्र हो । पछिल्लो समय सामाजिक सञ्जालमा चर्चित व्यक्तिहरूको भिडियो तथा फोटोको दुरुपयोग गरेर अपराध बढिरहेको छ ।

‘अहिले टिकटकमा अर्कै व्यक्तिको भिडियोमा अपशब्दहरू बोलेर भिडियो बनाउने समस्या देखिएका छन्,’ साइबर ब्यूरोका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजकुमार खड्गीले लोकान्तरसँग भने ।

सञ्चारमाध्यममा बोलेका कुराहरूको भिडियो काटेर टिकटकमा अनर्थ लाग्ने गीत र अडियो राखी पोस्ट गर्ने गरेको पनि देखिएको छ । २ जनाको भिडियो जोडेर समाजमा अपाच्य शब्दहरूको प्रयोग गर्ने गरेको समेत देखिएको इन्सपेक्टर खड्गीले बताए ।

टिकटकबाटै अहिले जुवा खेलाउने र सट्टेबाजीको काम पनि हुने गरेको देखिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले माघ ४ गते टिकटक लाइभमा जुवा खेलाएको आरोपमा ललितपुर– २८  हरिसिद्धिका ३५ वर्षीय हरिशचन्द्र मल्ललाई पक्राउ गरेको थियो । उनी टिकटक लाइभमा जुवा खेलाएर डिजिटल वालेटबाट कारोबार गरेको आरोपमा पक्राउ परेका थिए । उनले जुवा खेलाएर १५ दिनमा ८ लाख ५३ हजार रुपैयाँ कारोबार गरेको खुलेको थियो ।

प्रहरीका अनुसार पछिल्लो समय टिकटक लाइभमा बसेर विभिन्न अपराध गर्ने गरेको देखिएको छ । साइबर ब्यूरोको तथ्यांकअनुसार यो आर्थिक वर्षको पहिलो ६ महिनामा मात्रै २ सय ६२ वटा उजुरी परेका छन् । आर्थिक वर्ष २०७८/०७९ मा २ सय ३३ वटा उजुरी परेका थिए । आर्थिक वर्ष २०७७/०७८ मा जम्मा ७० वटा उजुरी आएको थियो । अहिले उजुरी आउने क्रम निकै बढेको छ ।

ब्यूरोको तथ्यांकअनुसार यो आर्थिक वर्षको ६ महिनामा फेसबूकमा अपराध गरेको भने २ हजार ९२७ वटा उजुरी परेको छ । भाइबर अपराध ४, इमो अपराध १०, युट्युब अपराध २५, ह्पाट्स एप अपराध १२२, ट्वीटर अपराध १३, इन्स्ट्राग्राम अपराध २८०, वेबसाइड ह्याक २२, इमेल ह्याक/अपराध २३, इसेवाबाट अपराध ७२ र बैंकहरूबाट ठगीका ९३ वटा उजुरी परेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्