×

NMB BANK
NIC ASIA

उडानमै रोक

आर्थिक संकटमा गुण एयर : जहाज बेचेर विकल्प खोजिँदै, रिब्रान्डिङको २ वर्षमै धरासायी !

फागुन ९, २०७९

NTC
Premier Steels

निजी क्षेत्रको आन्तरिक उडानको वायु सेवा कम्पनी गुण एयरलाइन्स आर्थिक संकटमा फसेको छ । १ हप्तादेखि उडान नै रोकेको वायु सेवाले पुनः उडानको तयारी गर्दैगर्दा हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले अनिश्चितकालका लागि उडानमै रोक लगाइदिएको छ ।

Muktinath Bank

गुण एयरलाइन्सले कर्मचारीलाई २ महिनादेखि तलब भत्ता खुवाउन नसकेको, वित्तीय अवस्था कमजोर हुँदै जाँदा पाइलट, इन्जिनीयर तथा कर्मचारीले नियमित पाउनुपर्ने अत्यावश्यक तालिम प्रभावित भएको र अत्यावश्यक पाटपुर्जा किन्न नसकेर उड्डयन सुरक्षा प्रभावित हुने भन्दै प्राधिकरणले उडानमै रोक लगाइदिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उड्डयन प्राधिकरणअन्तर्गत हवाई उड्डयन सुरक्षा विभागले गरेको अनुगमन, कर्मचारीको गुनासो र विभिन्न तहका कर्मचारीसँग गरेको सोधपुछपछि तत्कालै उडान रोक लगाउने निर्णयमा प्राधिकरण पुगेको पाइएको छ ।


Advertisment
Nabil box
Kumari

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार कम्पनीले जहाज उडानका आर्थिक दायित्व पूरा गर्ने र आर्थिक अभावका कारण हवाई उडानमा कुनै सम्झौता नगर्ने प्रतिबद्धतासहित ठोस योजना नल्याएसम्म उडान गर्न नपाउने बताए । उनका अनुसार आर्थिक संकटमा फसेको गुण एयरले कर्मचारीलाई नियमित दिनुपर्ने तलब नदिएको पाइयो । तलब नपाएका कर्मचारी तथा पाइलटबाट जहाज उडानका क्रममा सुरक्षा कमजोरी हुनसक्ने तथा यसले निम्त्याउन सक्ने जोखिमलाई दृष्टिगत गरेर उडानमै रोक लगाइदिएको निरौलाको भनाइ छ । 

Vianet communication

उडानमा रोक लगाउने पत्र

 

गुण एयरलाइन्ससँग २ वटा १९ सिट क्षमताको डोर्नियर, ३० सिटको १ र २९ सिट क्षमताका ४ वटा जेटस्ट्रिम, ३० सिटको १ वटा जेटस्ट्रिम गरी ७ वटा जहाज छन् । यीमध्ये ५ वटा जेटस्ट्रिम नामका जहाज २ वर्ष अगाडि मात्रै यती एयरलाइन्ससँग खरिद गरेको थियो भने अर्का २ जहाज सिम्रिक एयरलाइन्सबाट लिएको थियो ।
 
८ वर्षअघि घरजग्गा व्यवसायमा समस्या आएपछि गुण ग्रूपको नाममा सञ्चालित गुण एयरलाइन्सको बहुमत शेयर यो कम्पनीले सिम्रिक एयरलाई बिक्री गरेको थियो । त्यसपछि करीब ७ वर्ष सिम्रिक एयरलाइन्सका नाममा उडको जहाजलाई गुण ग्रूपका अध्यक्ष राजेन्द्र शाक्यले कोरोना महामारीपछि पुनः फिर्ता ल्याए । उनले आफ्नो पुरानै ब्रान्ड गुणबाटै उडान गरे ।

घरजग्गा व्यवसायबाट समस्यामा परेका उनले आफ्नो एयरलाइन्सलाई ‘बाउन्स ब्याक’ गरेर रिब्रान्डिङ गरेका थिए ।

रिब्रान्डिङ गर्ने क्रममा यती एयरलाइन्सका ५ वटा जहाज खरिदमा १ अर्बभन्दा बढी लगानी गरिएको थियो । कम्पनीले ७ वटा जहाज जम्मा पारेको भए पनि मुस्किलले एकैसाथ भने ४ देखि ५ वटामात्रै जहाज उडान सकेको थियो । याे वायुसेवाले जहाज उडाउँदा २ वटा डोर्नियरमा एउटा मात्रै उड्ने र ५ वटा जेटस्ट्रिममा ३ वटा मात्रै उडाउन सकेको थियो । 

अहिले पनि २ वटा डोर्नियर दुवै मर्मतमा छन् । बाँकी ५ वटा जेटस्ट्रिम भने बिक्री गरेर नयाँ विकल्पको खोजी गर्न लागिएको गुण एयरलाइन्सका अध्यक्ष राजेन्द्र शाक्यले लोकान्तरलाई बताए । शाक्यका अनुसार कर्मचारीलाई तबल भत्ता त २ महिनाको मात्रै बाँकी छ । समग्र अर्थतन्त्रमा देखिएको संकटको असर एयरलान्इसमा पनि परेकाले केहीको १ महिना त केहीको २ महिनाको मात्रै पैसा भुक्तानी गर्न बाँकी रहेको छ । शाक्यका अनुसार प्राधिकरणले भनेजस्तो आर्थिक समस्यामा परेको र उडान नै रोकिदिनुपर्ने अवस्था थिएन । अलिअलि समस्या परेको भए पनि रिकभर गर्न सक्ने अवस्थामा रहेको पनि उनको भनाइ छ ।

गुणले ५ वटै जेटस्ट्रिम जहाज बिक्री गर्ने र बजारको आवश्यकता अनुसारको एटीआर ७२ वा अन्य प्रकृतिको खरिद गर्ने योजना बनाएको शाक्यले बताए । ५ वटै जहाज किन्न एक अमेरिकी कम्पनी तयार भइसकेको छ । जहाजको उडान आवर नबढोस् भनेर मूल्यांकनका लागि १ हप्तादेखि नै जहाज ग्राउन्डेड गरेर राखिएको शाक्यले बताए । उनका अनुसार गुणले अब जेटस्ट्रिम जहाज उडाउँदैन भने २ वटा डोर्नियर मात्रै उडाउने अन्तिम तयारी छ ।

प्राधिकरणले भनेजस्तो आर्थिक समस्या परेकोभन्दा पनि विकल्प खोज्न एयरलाइन्स कम्पनीले नै जहाज उडान नगरेको पनि शाक्यको भनाइ छ ।

गुण एयरलाइन्समा २३० जना कर्मचारी छन् । जससध्ये पाइलट र कोपाइलट १०/१० जना गरी २० जना मात्रै छन् । यो वायुसेवाको सञ्चालन खर्च मासिक करीब १ करोड रुपैयाँ छ । कम्पनीले जहाज उडाएर गर्ने आम्दानीले सञ्चालन खर्च करीब धानिरहेकाले बाहिर भनिएजस्तो आर्थिक संकट धान्नै नसकेर बन्द भएको भन्ने सन्देश जानु गलत भएको तर्क शाक्यले गरेका छन् । उनले भने, ‘जहाज बेच्न राखिएको र अब २ वटा मात्रै जहाज उडाउने निर्णयमा भने वायुसेवा पुगेको हो ।’

यो वायुसेवाले दैनिक २२ वटासम्म उडान गर्ने गरेको भए पनि १ हप्ता अगाडिसम्म दैनिक १० वटाको सूचीमा चल्ने गरेको थियो । पछिल्लो १ वर्षमा १ लाख ६० हजार यात्रु उडाएको वायुसेवाले पर्यटकीय गन्तव्यसहित विभिन्न १२ वटा गन्तव्यमा उडान गर्ने गरेको थियो । यो वायुसेवाले काठमाडौंबाट माउन्टेन, पोखरा, भरतपुर, भैरहवा, तुम्लिङटार, सिमरा, नेपालगन्ज, विराटनगर र जनकपुर उडान गर्ने गरेको छ । यसले पोखराबाट भरतपुर, भैरहवा र नेपालगञ्ज पनि उडान गरिरहेको थियो ।

गुण एयरलाइन्सका प्रवक्ता तथा वरिष्ठ बजार निर्देशक प्रज्ज्वल थापा पनि जहाज उडानको तयार गर्दागर्दै प्राधिकरणले एक्कासि उडान रोक्नुले असहजता थपेको बताउँछन् । उनका अनुसार उडान रोकिइसकेपछि अब आवश्यक प्रक्रिया पूरा गरेर तत्कालै २ वटा जहाज उडाइने छ । 

प्राधिकरणले सोमबार यो वायुसेवाको उडानमा परिपत्र गरेर रोक लगाएकाले अब आवश्यक प्रक्रिया पूरा गरेर मात्रै उडान गरिने छ । अब कर्मचारी कटौती नगर्ने र भएकै कर्मचारीबाट उडान गर्दै तुरुन्तै नयाँ जहाज ल्याउने प्रक्रिया अगाडि बढाउने तयारीमा व्यवस्थापन रहेको जानकारी पनि थापाले दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x