१८ असार २०८३, बिहीबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

असार ९, २०८३
काठमाडौं
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । सुन प्रतितोला एक हजार ६०० ले घटेको छ भने चाँदी १४० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८७ हजार १०० र चाँदीको मोल चार हजार ५९० निर्धारण भएको छ ।

हिजो सोमबार एक तोला सुन दुई लाख ८८ हजार ७०० मा कारोबार भएको थियो भने एक तोला चाँदी चार हजार ७३० मा खरिदबिक्री भएको थियो ।

त्यसैगरी, गत आइतबार एक तोला सुन दुई लाख ८७ हजार ३०० र त्यति नै परिमाणको चाँदी चार हजार ६९० रुपैयाँमा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ११९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्