१९ असार २०८३, शुक्रबार

झापामा हात्तीपाईलेबिरुद्धको औषधि खुवाउने तयारी

फागुन १०, २०७९
झापामा हात्तीपाईलेबिरुद्धको औषधि खुवाउने तयारी

झापामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने तयारी गरिएको छ । यहाँ १२ औ चरणको हात्तीपाईलेबिरुद्धको औषधि फागुन ११ देखि १६ गतेसम्म खुवाइने छ । 

करिब ९ लाख ९ हजार ५ सय ३७ जनालाई सो औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । अघिल्लो ११ औं चरणसम्मको औषधि वितरण प्रभावकारी नभएको भन्दै १२ औं चरणको अभियान शुरु गर्न लागिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीका अनुसार यस पटक झापामा कम्तीमा ८० प्रतिशत जनसङ्ख्यालाई प्रत्यक्ष औषधि वितरणका लागि ७०० जना तालिमप्राप्त स्वास्थ्यकर्मी खटाइने छ । 

झापा र मोरङसहित देशको १५ जिल्लामा यो कार्यक्रम सञ्चालन गर्ने तयारी भएको उनको भनाइ छ । यसपटकको अभियानमा हात्तीपाईले रोगको औषधि तौल र मानिसको ओजनलाई आधार मानेर जुकाको औषधिसहित हात्तीपाईलेको औषधि खुवाईने जनस्वास्थ्य प्रमुख बाह्रकोटीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्