इन्टरनेटको संसारमा अहिले च्याटजीपीटीको उधुम चर्चा छ ।
अहिले च्याटजीपीटीले लेखेको पुस्तकहरू इन्टरनेटमा उपलब्ध छ । आर्टिफिसियल इन्टेलिजेन्सले लेखेको ईबूकको बाढी नै आएको छ ।
गत नोभेम्बर महिनामा सार्वजनिक गरिएको च्याटजीपीटीको लोकप्रियता बढेपछि फेब्रुअरीको मध्यसम्म आइपुग्दा अमेजनको किन्डल स्टोरमा २०० भन्दा बढी किताबमा अथर र कोअथरका रूपमा च्याटजीपीटी छाएको छ ।
किताब लेख्नु गाह्रो काम हो भन्ने गरिन्थ्यो तर अहिले केही घन्टाभित्रै च्याटजीपीटीले किताब लेखिदिन थालेको छ ।
न्युयोर्कको रोचेस्टरमा सेल्सम्यान रहेका ब्रेट शिकलर नामक व्यक्तिले रोयटर्स समाचार संस्थालाई बताए, ‘किताब लेख्ने सोच बल्ल साक्षात्कार भयो ।’
उनले बालबालिकाका लागि ३० पेजको एक चित्रकथा च्याटजीपीटीको सहयोगमा तयार पारेका छन् ।
त्यो पुस्तक अहिले अमेजन किन्डलमा २.९९ डलर मूल्यका साथ राखिएको छ ।
शिकलरले च्याटजीपीटीलाई लेखकका रूपमा किताबको अगाडिको वा अन्तिम पातोमा उल्लेख गरेको छैन ।
अमेजनले अहिले त्यसमा छुट दिएको छ ।