२९ असार २०८३, सोमबार

दीपकराज र अनमोल दुवै ट्रेन्डिङमा

फागुन ११, २०७९
दीपकराज र अनमोल दुवै ट्रेन्डिङमा

यही फागुनको १९ गते दुई ठूलो नेपाली फिल्म प्रदर्शनमा आउँदैछन् ।

दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा ४’ र अनमोल केसी अभिनीत फिल्म ‘छड्के २’ एकैदिनबाट प्रदर्शनमा आउन लागेका छन् ।

यी दुईवटै फिल्म दर्शकमाझ प्रतीक्षित छन् ।​ 

यतिबेला दुईवटै फिल्मको प्रचार सामग्रीले युट्युबमा राम्रो भ्युज पाइरहेका छन् ।

गत शुक्रवार सार्वजनिक ‘छक्का पञ्जा ४’को ट्रेलरले युट्युब ट्रेन्डिङको शीर्ष स्थान ओगटिरहेको छ । सार्वजनिक भएको केही घण्टामै ट्रेन्डिङमा उक्लिएको ट्रेलरले बिहीवार अपरान्हसम्म १७ लाख ५० हजार प्लस भ्युज पाइसकेको छ । ट्रेलरअघि सार्वजनिक ‘छक्का पञ्जा ४’को गीतले पनि दर्शकमाझ लोकप्रियता पाइसकेको छ । 

‘छक्का पञ्जा ४’मा दीपकराज र दीपाश्रीसँगै निर्मल शर्मा, केदारप्रसाद घिमिरे, बुद्धि तामाङ, राज आचार्य, बेदना राई, सुष्मा निरौला, नीर शाह, बेनिशा हमाल, मलिना जोशी लगायतका दर्जन बढी कलाकारहरूको अभिनय छ ।

यता, बुधवार बेलुका मात्रै सार्वजनिक ‘छड्के २’को ट्रेलर युट्युब ट्रेन्डिङमा अगाडि आइरहेको छ । बिहीवार साँझसम्म २४ घण्टा नपुग्दै ट्रेलरले ९ लाख २५ हजार प्लस भ्युज पाइसकेको छ ।

ट्रेलर ट्रेन्डिङ नम्बर ६ मा छ । 

निगम श्रेष्ठको लेखन एवं निर्देशन रहेको ‘छड्के २’मा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर लगायतका कलाकारहरूको अभिनय छ । यो फिल्ममा अनमोल एउटा​ ग्याङको लिडरको भूमिकामा प्रस्तुत छन् ।

यसअघि फिल्मको टिजरले पनि राम्रो भ्युज पाइसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्