![एक वर्षपछि रिहा भए पल शाह [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/paul_shah1_k3vIUw6JIz.jpg)
बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाह रिहा भएका छन् ।
उच्च अदालत पोखराले आइतवार सफाई दिएसँगै उनी सोमवार बिहान तनहुँ कारागारबाट रिहा भएका हुन् । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै उनलाई सफाइ दिएको हो ।
एक नाबालिगलाई बलात्कार गरेको आरोपमा पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा चलेको थियो ।
जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध पलले उच्च अदालतमा पुनरावेदन दिएका थिए । जिल्ला अदालत तनहुँले भने उनलाई सफाइ दिएको थियो ।
उनी एक वर्षदेखि तनहुँ कारागारमा थिए । पल शाह रिहाइ हुने भएपछि तनहुँ कारागार बाहिर बिहानैदेखि उनका समर्थकको भीड लागेको थियो । पललाई लिन उनका कानुन व्यवसायी, बहिनी रोशनी शाह र केही साथी कारागार भित्नै गएका थिए । उनीहरूले खादा, माला र अबिर लगाएर पलको स्वागत गरेका छन् ।
पललाई समर्थकले पनि फूलमाला र अबिरले स्वागत गरेका छन् ।
तस्वीरहरू : गोपीकृष्ण चापागाईँ






पल शाह