२६ असार २०८३, शुक्रबार

चीनले बनायो हजारौं किलोमिटर टाढा बसेका जोडीले पनि चुम्बन गर्न मिल्ने डिभाइस (भिडियो)

जेठ ३, २०८०
चीनले बनायो हजारौं किलोमिटर टाढा बसेका जोडीले पनि चुम्बन गर्न मिल्ने डिभाइस (भिडियो)

कारणवश टाढा बस्न बाध्य भएका जोडीका लागि चीनको एक विश्वविद्यालयले चुम्बन गर्न मिल्ने डिभाइस आविष्कार गरेको छ । 

चिनियाँ सामाजिक सञ्जाल वेबोमा यसको व्यापक चर्चा छ । 

चाङचाउ भोकेसनल इन्स्टिच्युट अफ मेक्ट्रोनिक टेक्नोलोजीले यस आविष्कारको पेटेन्ट हासिल गरेको हो । यसले लामो दूरीको सम्बन्धमा रहेका जोडीहरूलाई शारीरिक सामीप्यको अनुभव दिलाउँछ । 

यस डिभाइसमा प्रेसर सेन्सर र एक्युटरहरू जडान गरिएको छ । यसले ओठहरूको दबाब, गति र तापक्रमलाई पूर्ण रूपमा अनुकरण गर्न सक्ने बताइन्छ । 

ओठहरूको गतिका साथै यसले टाढा बसेका प्रयोगकर्ताको जस्तै आवाज पनि निकाल्न सक्छ । 

तर यस डिभाइसलाई चिनियाँ सामाजिक सञ्जालमा मजाक गरिएको छ । यो अश्लील र तर्साउने किसिमको भएको उनीहरूको टिप्पणी छ । 

यो डिभाइस ४१ डलरमा उपलब्ध छ । 

यसलाई उपयोग गर्नका लागि प्रयोगकर्ताले एक यापमार्फत यसलाई फोनको चार्जिङ पोर्टमा जोड्नुपर्छ । कुरा गर्ने दुवै प्रयोगकर्तासँग यो याप हुन आवश्यक छ । त्यसपछि उनीहरू भिडियो कलमा कुरा गर्न सक्छन् अनि डिभाइसमा बनेको सिलिकनका ओठहरूलाई चुम्न सक्छन् । 

एकातर्फ ओठले जस्तो गतिविधि गर्छ, अर्कोतर्फ ओठ त्यसैगरी हल्लिन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्