०८ असार २०८३, सोमबार

विद्यालय परिसरमा धुमपान रोक्न विद्यार्थीको आग्रह

फागुन १६, २०७९
विद्यालय परिसरमा धुमपान रोक्न विद्यार्थीको आग्रह

त्रिपुरेश्वरस्थित रहेको विश्व निकेतन माध्यमिक विद्यालयका विद्यार्थीले सो क्षेत्रमा धुम्रपान विक्री वितरण रोक्न सरोकारवाला निकायसँग अनुरोध गरेका छन् । 

विशेषगरी राहदानी विभागमा आएका सेवाग्राहीले सुर्ती, चुरोट, गुट्खालगायतका सामग्री सेवन गरी स्कुल वरपरका क्षेत्रमा दुर्घन्ध फैलाएको विद्यार्थीको गुनासो छ । विश्व निकेतन कानुन क्लबको तर्फबट राहदानी विभागलाई ध्यानाकर्षणपत्र बुझाउँदै विद्यार्थीले शैक्षिक क्षेत्रबाट एक सय मिटर दूरीमा त्यस्ता गतिविधि गर्न नपाइने कानुनी व्यवस्था कार्यान्वयन गराउन स्मरण गराएका छन् । 

हरेक दिन विभाग अगाडीको बाटोमा सेवाग्राहीको भींड हुनेगर्छ । उक्त क्षेत्रमा धुम्रपान  धुम्रपान निषेधित क्षेत्र उल्लेखित सूचना राख्न क्लबका अध्यक्ष सुजितकुमार पंडितले माग गरे ।  

सुर्तीजन्य पदार्थ नियन्त्रित राख्न बनेको सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा (४) ले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवनजस्ता कामलाई  प्रतिबन्ध लगाएको छ । अन्य दाफाहरूले १८  वर्षमुनिका बालबालिकालाई विक्री वितरण गर्न नपाइने, शैक्षिक र स्वास्थ्य संस्थाको १०० मिटर वरिपरि बिक्री वितरण  गर्न नपाइने व्यवस्था छ । 

salt training

कमेन्ट गर्नुहोस्