जेठ १५, २०८०
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा कम्युनिस्ट विचार, सिद्धान्त र धरातलको महत्त्वपूर्ण पक्षहरू उजागर हुँदै गएको छ । हाम्रो समाजको चिन्तन र राजनीतिक अभ्यासमा वाम राजनीतिको महत्त्व जसरी उजागर भएको छ त्यस अनुपातमा मूल वाम राजनीतिक नेतृत्व जनताबाट पाएको विश्वास र जिम्मेवारीको भूमिकाप्रति जवाफदेही हुन सकेका छैनन् ।
आम निर्वाचनमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) एक नहुनुले देशभित्र कमजोर राजनीतिक पृष्ठभूमिमा रहेको नेपाली कांग्रेस पुनः प्रथम दलको रूपमा स्थापित भएर फर्केको छ । वाम राजनीतिले हाँकेको पछिल्लो एक दशकको राजनीतिक कोर्समा किन र कहिलेबाट विचलन आयो भन्नेबारे खास अध्ययन, विमर्श र टिप्पणी भएको देखिँदैन ।
नेपालको भू-राजनीतिक पृष्ठभूमिले राजनीतिमा स्थिरता नै राष्ट्रिय हितका निमित्त अपरिहार्य रहेको आमजनचाहना भएर होला वाम राजनीतिक दलहरू अहिले पनि एक रहिरहने अवस्थामा निरन्तर सरकार सञ्चालनको हैसियतमा रहने देखिन्छन् । आम निर्वाचनमा भएको त्रुटिपूर्ण गठबन्धन र राजनीतिक सहकार्यले वाम शक्ति केन्द्रहरू पहिलेको अवस्थाभन्दा कमजोर बनेर आए ।
नेपाली राजनीतिमा कोर्स परिवर्तन हुन समय नलाग्ने लामो इतिहास छ । पछिल्लो समयमा वाम राजनीतिक दलहरूबीच आएको वैचारिक मतभेदले देशको राजनीतिक कोर्समा निरन्तर क्रमभंगता देखिन थालेको छ ।
आमनिर्वाचनबाट आएको म्यान्डेटविपरीत हिजोको गलत सहकार्य र तालमेलबाट भएको राजनीतिक क्षति र तिक्तता बिर्सेर नेकपा एमालेकै प्रमुख सहयोगले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष कमरेड पुष्पकमल दाहाल देशको प्रधानमन्त्री नियुक्त भए । वाम सहयात्राले पुनः नेपाली राजनीतिमा एक नयाँ अध्यायको आरम्भ हुने सम्पूर्ण संकेत देखिरेहेकै बेला एउटा नयाँ राजनीतिक जटिलतामा देशलाई फसाउने काम बहालवाला प्रधानमन्त्रीबाट भएको छ ।
नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डबीचको नेतृत्वदायी भिन्नताको परिचय आमनेपाली जनताले बुझ्ने बेला भएको छ । देशको स्वाभिमानको रक्षा, राष्ट्रिय हितको संरक्षण र समृद्ध नेपालको चाहनाले नेकपा एमालेको अध्यक्षलाई देशभित्र समकालीन राजनीतिमा सबैभन्दा बलियो र दूरदर्शी नेताको रूपमा स्थापित गर्दै गएको बेलामा राजनीतिक वृत्तमा आफ्नो पहिचान धमिलो र हराउँदै गरेको अनुभवले होला माओवादी केन्द्रका अध्यक्ष निरन्तर विचलन र देश तथा जनताभन्दा पनि आफ्नै छवि र शक्तितर्फ आकर्षित हुन थालेका छन् ।
राजनीतिमा सहमतिको भिन्न भूमिका हुन्छ । समयक्रममा गरिएको सहमतिबारे भिन्न सोच बन्दै गएको अवस्थामा यस्ता समन्वय र सम्झौताको महत्त्व रहँदैन । देशको प्रधानमन्त्रीजस्तो गरिमामय भूमिकामा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहमति कार्यान्वयनमा पछिल्लो समयमा कमजोर देखिँदै आएका छन् । त्यसको महत्त्व कायमै रहँदा सम्झौता तोडिए नेतृत्वको भूमिकामा प्रश्न चिन्हहरू बढ्दै जान्छ । वाम राजनीतिको भविष्यसँग पटक–पटक पद, सत्ता र लाभ भनेर गरिएको सम्झौता कार्यान्वयन नगर्नुले अब प्रधानमन्त्रीको नियत र वाम राजनीतिको निकट भविष्य चूनौतीपूर्ण देखिन थालेको छ ।
राजनीतिक समूहको गठजोड विचार प्रणालीको मिश्रणले हुन आवश्यक छ । देशले राजनीतिक निकास पाउन नेतृत्वको भूमिकाबारे गम्भीरता पूर्ण रूपले अध्ययन गरिरहेको हुन्छ । आज नेपालको वाम राजनीतिमा प्रमुख नेतृत्वको वैचारिक भिन्नताले पुनः देशको नेतृत्व र विचार राजनीतिको असल राजनीतिक पात्र को हुन् भन्ने चासो लिएर जनता बसेका छन् । देश निर्माण, राजनीतिक परिवर्तनमा लगानी र राष्ट्रिय हितको जवाफदेहितालाई एक सूचकको रूपमा लिने हो भने समकालीन देशको राजनीतिक नेतृत्वमध्ये कमरेड के.पी शर्मा ओलीको पहिचान र स्तर क्रमिक रूपमा माथिल्लो स्तरमा छ र गुणात्मक रूपमा देश र जनताप्रति समर्पित देखिन्छ भने कमरेड प्रचण्डको छवि प्रगतिशील क्रान्तिकारीबाट अवसरवादीको रूपमा स्थापित हुँदै गएको छ ।
देशको राजनीति सीमित सीमा र प्रभाव क्षेत्रमा खुम्चिने खतरा दोहोरिएको छ । नेपालको भू-राजनीतिक जटिलता अन्त्य गर्ने लक्ष्य लिएर तत्कालीन समयमा नेपाल कम्युनिस्ट पार्टीको साझा अध्यक्ष रहेका दुई राजनीतिक पात्रमध्ये एकले देशको नेतृत्वमा रहेर नेपाल लाई प्रभाव क्षेत्रबाट तटस्थ क्षेत्रमा परिणत गर्न सफल भए भने एकले पुनः देशलाई प्रभावमा पार्ने गरी अनावश्यक गठबन्धन र तालमेल गर्दै सत्तासम्म पुगे ।
नेकपा एमालेको नेतृत्वले यो अवस्था किन र कसरी आयो भन्नेबारे गम्भीर विमर्श गर्न आवश्यक छ । हिजो मात्र नेपाली कांग्रेसले जनताको म्यान्डेट नेकपा (माओवादी केन्द्र)को नेतृत्व होइन भनेर माओवादी नेतृत्व नेकपा एमालेसमक्ष पुगेको धेरै दिन भएको थिएन । प्रगतिशील सरकारको परिकल्पना गरेर नेकपा एमालेकै प्रमुख समर्थन सहयोगमा प्रचण्ड प्रधानमन्त्री बने ।
पूर्ण बहुमत हुँदाहुँदै शक्ति सन्तुलन आफ्नो पक्षमा नरहने डरले फेरि पनि विचार र सिद्धान्तविपरीत सारेको राष्ट्रपति उम्मेदवारले प्रधानमन्त्री प्रचण्ड केही दिन सत्तानिकट त रहन सक्छन् होला तर देशको भविष्य, वाम चिन्तन र विचारप्रतिको घातले उनलाई राजनीतिक वृत्तमा कस्तो परिचय दिने भन्ने कुरा समयकालमा देखिनेछ ।
नेकपा एमालेलाई अहिलेको अवस्थामा कहीँ कतै राजनीतिक बाधा रहे पनि भविष्यको वाम राजनीति नेकपा एमालेमै केन्द्रित रहने देखिन्छ । देशको राजनीतिले एक असल नेतृत्वदायी पात्र खोजेको बेला बहालवाला प्रधानमन्त्री कमरेड प्रचण्ड अब यस दौडमा पछि परेका छन् भने जनताको मन तथा मस्तिकमा बसेका ओलीको भूमिका थप जिम्मेवारीले भरिएको छ । वाम राजनीतिको आकर्षण र आउने भविष्य अब नेकपा एमाले नै रहेको पुष्टि भएको छ ।
देशको राजनीतिमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने अवसर अब नेकपा एमालेको छ । राजनीतिमा हुन सक्ने आकस्मिक परिवर्तनको शक्तिशाली तयारी अब केपी ओलीकै नेतृत्वमा सम्भव हुने देखिन्छ । नेकपा (माओवादी केन्द्र) हाल वैदेशिक शक्ति केन्द्रहरूबाट सञ्चालित रहेको अवस्थामा पार्टीभित्र रहेका दोस्रो र तेस्रो पुस्ताका राष्ट्रियता पक्षधर नेताहरूको प्रतिवाद र आउने भविष्यको चिन्तनले क्रमिक रूपमा पार्टी पंक्ति भित्रबाटै प्रचण्ड निसासिने छन् र वाम राजनीतिको नयाँ नेतृत्व भविष्यमा एमालेले नै गर्ने दिन नजिकिँदै छ ।
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...
सम्माननीय सभामुख महोदय, विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकताका सम्बन्धमा यस सम्मानित सदनमा आफ्ना विचार विश्लेषण प्रस्तुत गर्न म यहाँ उभिएको छु । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
‘खल्तीमा सुको छैन, खुब नेता बन्नुपरेको छ । जा, छिटो एक भारी घाँस काटेर आइज ।’ बाआमाको यस्तो गाली नखाएका अहिलेका प्रौढ नेता शायदै होलान् । जो गाउँमा जन्मे, हुर्के, त्यहीँ स्कूल पढे, ती अधिकांशको ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...