३१ जेठ २०८३, आइतबार

महंगो गाडीमा आएका मानिसले चोरेर लगे फूलका गमला (भिडियो)

फागुन १६, २०७९
महंगो गाडीमा आएका मानिसले चोरेर लगे फूलका गमला (भिडियो)

भारतको हरियाणास्थित गुरुग्राममा लाखौं रुपैयाँ पर्ने कार चढेर आएका व्यक्तिहरूले बाटोमा राखिएको जम्मा ४०० भारु पर्ने फूलहरू चोरेर लगेको भिडियो सार्वजनिक भएको छ । 

जी२० सम्मेलनमा शहर सजाउनका लागि ती फूल राखिएका थिए । 

फूल चोर्ने मानिसहरूको विलासी कारको नम्बर पनि भीआईपी छ । 

चोरीको भिडियो सार्वजनिक भएपछि प्रहरीले उजुरी दर्ता गरेको छ । 

फूलका गमलालाई गाडीको डिक्कीमा राखिएको भिडियोमा देखिन्छ । चोर्ने व्यक्तिको अनुहार पनि भिडियोमा देखिन्छ । 

गुरुग्राममा जी२० सम्मेलनका तयारी व्यापक रूपमा भइरहेको छ । १९ देशबाट आउने परराष्ट्मन्त्रीहरूलाई स्वागत गर्न सडकका दुवैतिर पेटीमा विशेष किसिमका फूलहरू राखिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्