२१ असार २०८३, आइतबार

आगामी वैशाखमा तेस्रो नेपाली आर्ट एण्ड म्यूजिक अवार्ड हुने

फागुन १७, २०७९
आगामी वैशाखमा तेस्रो नेपाली आर्ट एण्ड म्यूजिक अवार्ड हुने

‘तेस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड–२०२३ हुने भएको छ । जसमा गित संगीत दर्ता गर्न शुल्क नलाग्ने आयोजकले जनाएको छ । सबै प्रकारका गितहरु दर्ता गरिने अवार्डका अध्यक्ष सूर्य चन्दले बताए । 

नेपाली सांगीतिक क्षेत्रमा स्वस्थ प्रतिष्पर्धात्मक संस्कृतिको विकास गर्न अवार्ड आयोजना गरिने तथा नेपाली सांगीतिक क्षेत्रलाई चलायमान बनाउन र सांगीतिक क्षेत्र श्रीबृदीका लागि कला, संस्कृति र सांगीतिक क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले संगीतका विभिन्न विधातर्फ ‘नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड’ गरिदैंआएको छ ।

आयोजक कमिटिका अनुसार  ‘तेस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड–२०२३’ आगामी बैसाख २०८० भित्र काठमाडौंमा गरिने भएको छ । साथै म्यूजिक अवार्ड आवेदनको लागि निःशुल्क दर्ता फारम खुलिसकेको जानकारी गराएको छ । २०७८र७९ का गित संगीतहरुलाई समाबेश गरिने भएको छ, भने नव प्रतिभाको हकमा २०७८ भित्र गित निकालेको हुनुपर्ने मापदण्ड आयोजकले बनाएको छ ।

क्रियटिभ ईन्साइट मिडियाको प्रस्तुतिमा हुन लागेको उक्त अवार्डलाई शुभकामना मिडिया सोलुसन प्रालिले ब्यबस्थापन गर्ने भएको छ। सञ्चारकर्मी तथा कलाकार सूर्य चन्दको अध्यक्षतामा हुने यस अवार्ड कार्यक्रमको निर्देशक सुमन बैरागी पण्डित रहेका छन् ।

उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक–गायिका, पर्व विशेष गीत (तिज, दशैँ तिहार, होली), भजन, पप–आधुनिक गायक–गायिका, भाषा–भाषीका गीत, म्यूजिक भिडियो, आर्ट तथा सांस्कृतिकलगायत विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ ।

अवार्डमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलार्इ सम्मान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने सूर्य चन्दले बताए ।

कमेन्ट गर्नुहोस्