३२ असार २०८३, बिहीबार

टीसीएलले निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याउँदै

फागुन १९, २०७९
टीसीएलले निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याउँदै

ओम्डियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टीभी ब्राण्ड टीसीएलले फागुन १५ देखि सीमित अवधिका लागि निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ।

यस योजनाअन्तर्गत ग्राहकवर्गहरूले कुनै पनि ब्रान्डको एसीमा निःशुल्क सर्भिसिङ पाउनुका साथै साट्न सक्ने जनाइएको छ। 

यो सुविधा र सर्भिस लिन ग्राहकहरूले ९८०३६२१९२४, ९८६४४७५५६९ मा अथवा इमेल मार्फत आफ्नो जानकारी रजिस्टर गराउनु पर्ने हुन्छ। यो सुविधा ग्राहकहरूले घरमै बसेर लिन सकिने पनि बताइएको छ। 

यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ टीसीएल एसी खरिद गर्दा २५ प्रतिशतसम्मको विशेष छुट प्रदान गरिनेछ।

नयाँ टीसीएल एसीहरूमा ५ वर्षको कम्प्रेसर वारेण्टी रहेको जनाइएको छ।

नेपाल अधिराज्यभर टीसीएल ब्राण्डको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्स हो।

सीजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्