१८ असार २०८३, बिहीबार

ग्रीनसिटी अस्पतालमा ३० किलोग्राम ‘ट्युमर’को निःशुल्क शल्यक्रिया

फागुन २०, २०७९
ग्रीनसिटी अस्पतालमा ३० किलोग्राम ‘ट्युमर’को निःशुल्क शल्यक्रिया
प्रतिकात्मक तस्वीर

ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’को सफल शल्यक्रिया गरेको छ ।

अस्पतालले शुक्रवार पत्रकार सम्मेलन गरी ताप्लेजुङ घर भई भक्तपुरमा बसोबास गर्दै आएकी रीता शेर्पाको ३० किलोग्राम बढी तौलको ट्युमरको सफल शल्यक्रिया गरेको जानकारी दिएको हो ।

अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले आर्थिकरूपमा कमजोर शेर्पाको निःशुल्क शल्यक्रिया गरेर नयाँ जीवन प्रदान गरिएको जानकारी दिए ।

ग्रीनसिटी अस्पतालले आर्थिक रूपले कमजोर भएका बिरामीको जटिल प्रकृतिका रोगको शल्यक्रिया निःशुल्क गर्दै आएको अध्यक्ष टण्डनले बताए । शेर्पाको शल्यक्रिया गर्ने डा. रुपा झाका अनुसार बिरामीको तत्काल शल्यक्रिया गर्दा स्वास्थ्यमा अन्य धेरै समस्या आउन सक्ने सम्भावनालाई ख्याल गरी अन्य विभिन्न जाँच गरी शल्यक्रिया सफलतापूर्वक गर्न सफल भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्