×

NMB BANK
NIC ASIA

बद्री पंगेनीको ‘पैसा सापटी’ गीतलाई तीन दिनमै १० लाख प्लस भ्युज

फागुन २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

चर्चित लोकगायक बद्री पंगेनीले सार्वजनिक गरेको ‘पैसा सापटी’गीतलाई स्रोता दर्शकले निकै रुचाएका छन् ।

Muktinath Bank

सामाजिक विषवस्तुमा तयार पारिएको गीतले युट्युबमा तीन दिनमै १० लाख बढी भ्युज पाएको छ । पंगेनीले पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमालसँगको युगल स्वरमा सार्वजनिक गरेको गीत टिकटकमा पनि निकै हिट छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्रोता दर्शकहरुले आफ्नो जीवनसँग मेल खाने भन्दै उक्त गीतमा टिकटक भिडियो बनाएका छन् ।


Advertisment
Nabil box
Kumari

गीतका अधिकांश टुक्काहरू टिकटकमा छाएका छन् ।

Vianet communication
Laxmi Bank

गायक पंगेनीले पैसा सापटी दिएपछि उत्पन्न हुने अवस्थामा रहेर गीत तयार पारेका हुन् । मानिसहरूले समस्या देखाएर पैसा सापटी माग्ने तर पैसा लगेपछि तिर्न नखोज्ने, बरु बोलचाल र भेटघाट नै कम गर्ने प्रवृत्तिलाई उनले गीतमा पेस गरेका छन् । पैसा सापटी दिएपछि सम्बन्ध बिग्रिएको कुरा गीतमा गरिएको छ ।

गायक पंगेनीकै शब्द एवं संगीत रचना रहेको गीतमा विश्वास नेपालले संगीत संयोजनको काम गरेका छन् । बद्री र रचनाले यसअघि ‘तिम्रो घरमा मेरी छोरी’ बोलको गीतमा सहकार्य गरेका थिए, जुन गीतलाई स्रोता दर्शकले रुचाएका थिए ।

गायक पंगेनीकै कथा एवं निर्देशनमा फिल्मी शैलीमा गीतको भिडियो तयार पारिएको छ ।

१७ मिनेट लामो भिडियोमा सागर लम्साल (बले), अनु रेग्मी, नन्दा बस्याल, सन्तोष पौडेल (बटुक) लगायतको अभिनय छ ।

राजेश घिमिरेको छायाँकन, मनोज कार्कीको सम्पादन रहेको भिडियो गायक पंगेनीको आफ्नै अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x