१२ साउन २०८३, मंगलबार

बद्री पंगेनीको ‘पैसा सापटी’ गीतलाई तीन दिनमै १० लाख प्लस भ्युज

फागुन २०, २०७९
बद्री पंगेनीको ‘पैसा सापटी’ गीतलाई तीन दिनमै १० लाख प्लस भ्युज

चर्चित लोकगायक बद्री पंगेनीले सार्वजनिक गरेको ‘पैसा सापटी’गीतलाई स्रोता दर्शकले निकै रुचाएका छन् ।

सामाजिक विषवस्तुमा तयार पारिएको गीतले युट्युबमा तीन दिनमै १० लाख बढी भ्युज पाएको छ । पंगेनीले पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमालसँगको युगल स्वरमा सार्वजनिक गरेको गीत टिकटकमा पनि निकै हिट छ । 

स्रोता दर्शकहरुले आफ्नो जीवनसँग मेल खाने भन्दै उक्त गीतमा टिकटक भिडियो बनाएका छन् ।

गीतका अधिकांश टुक्काहरू टिकटकमा छाएका छन् ।

गायक पंगेनीले पैसा सापटी दिएपछि उत्पन्न हुने अवस्थामा रहेर गीत तयार पारेका हुन् । मानिसहरूले समस्या देखाएर पैसा सापटी माग्ने तर पैसा लगेपछि तिर्न नखोज्ने, बरु बोलचाल र भेटघाट नै कम गर्ने प्रवृत्तिलाई उनले गीतमा पेस गरेका छन् । पैसा सापटी दिएपछि सम्बन्ध बिग्रिएको कुरा गीतमा गरिएको छ ।

गायक पंगेनीकै शब्द एवं संगीत रचना रहेको गीतमा विश्वास नेपालले संगीत संयोजनको काम गरेका छन् । बद्री र रचनाले यसअघि ‘तिम्रो घरमा मेरी छोरी’ बोलको गीतमा सहकार्य गरेका थिए, जुन गीतलाई स्रोता दर्शकले रुचाएका थिए ।

गायक पंगेनीकै कथा एवं निर्देशनमा फिल्मी शैलीमा गीतको भिडियो तयार पारिएको छ ।

१७ मिनेट लामो भिडियोमा सागर लम्साल (बले), अनु रेग्मी, नन्दा बस्याल, सन्तोष पौडेल (बटुक) लगायतको अभिनय छ ।

राजेश घिमिरेको छायाँकन, मनोज कार्कीको सम्पादन रहेको भिडियो गायक पंगेनीको आफ्नै अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्