![बानेश्वरमा ‘छक्कापञ्जा’ टिमको होली [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/baneshwor_holi1_xVvp6OSQR2.jpg)
पहाडी जिल्लामा आज हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ ।
काठमाडौंका विभिन्न स्थानमा कलाकारहरूले पनि होली विशेष कार्यक्रम गरेका छन् ।
‘छक्कापञ्जा ४’को टिमले बानेश्वरमा होली विशेष कार्यक्रम आयोजना गरेको छ ।
नयाँ बानेश्वर व्यापार व्यवसायी संघसँग मिलेर गरेको कार्यक्रममा फिल्मका कलाकारहरू दीपाश्री निरौला, निर्मल शर्मा, केदार घिमिरे, राज आचार्य लगायत सहभागी रहेका थिए । उनीहरूले त्यहाँ होलीको शुभकामना दिँदै प्रदर्शनरत फिल्म हेरिदिन आग्रह गरे ।
कलाकारहरूले कमेडी र गायन प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
‘छक्कापञ्जा ४’ को त्यहाँको होली विशेष कार्यक्रम केही समयअघि सकिएको छ । फिल्मकोटीम आज राजधानीका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्ने कार्यक्रम समेत छ ।
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले आक्रामक व्यापार गरिरहेको छ ।
तस्वीरहरू : गोपीकृष्ण चापागाईँ

