×

NMB BANK
NIC ASIA

स्टारडमलाई ब्रान्डको धक्का

‘छक्का पञ्जा ४’को कलेक्सन ६ करोड, ‘छड्के २’ का वितरक भन्छन्– हाम्रो त पत्तासाप भयो

फागुन २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतीक्षित नेपाली चलचित्र ‘छक्का पञ्जा– ४’ र ‘छड्के– २’ गत शुक्रवारबाट एकसाथ प्रदर्शनमा आए ।

Muktinath Bank

दीपकराज गिरी तथा दीपाश्री निरौलाकृत ‘छक्का पञ्जा– ४’ ‘ब्रान्ड नेम’का कारण प्रतीक्षित थियो भने ‘छडके– २’ युवास्टार अनमोल केसीका कारण चर्चामा रह्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यद्यपि यीमध्ये ‘छक्का पञ्जा–४’ ले आक्रामक व्यापार गरिरहँदा ‘छडके– २’ भने हलबाट उत्रिने चरणमा पुगेको देखिएको छ । 


Advertisment
Nabil box
Kumari

मंगलवारसम्म आइपुग्दा हलमा ‘छडके– २’ निकै न्यून शोमा सीमित हुनुपरेको छ भने ‘छक्का पञ्जा– ४’ ले शो बढाइरहेको छ । ‘छक्का पञ्जा– ४’का धेरै शोहरू हाउसफूल देखिएका छन् । 

Vianet communication
Laxmi Bank

निर्माता एवं अभिनेता दीपकराज गिरीले आफ्नो फिल्मलाई दर्शकले रुचाइरहेको भन्दै खुशी व्यक्त गरे । 

null

‘दर्शकहरूले यो खालको टेस्ट पाएका थिएनन् । फरक टेस्ट भएका कारण रुचाउनुभएको छ,’ अभिनेता गिरीले लोकान्तरसँग भने, ‘वर्ड अफ माउथ एकदमै राम्रो छ । दर्शकहरू बढ्दै जानुभएको छ ।’ 

उनले यसपटक आफ्नो फिल्म हेर्न युवापुस्ता बढी आएकोमा पनि खुशी व्यक्त गरे । फिल्मले चार दिनमा ६ करोड बढी कलेक्सन गरेको उनको अनुमान छ । 

‘हिजो (सोमवार) र शनिवार २/२ करोड कलेक्सन भएको हुनुपर्छ । अरू दुई दिनका १/१ करोड गर्दा पनि कम्तीमा पनि ६ करोड कलेक्सन भएको अनुमान गरेका छौं,’ गिरीले भने । 

आउँदा दिनमा पनि फिल्मले राम्रो कलेक्सन गर्नेमा उनी ढुक्क छन् । फिल्मले दुई हप्तामा ‘छक्का पञ्जा’ सिरिजको सम्पूर्ण रेकर्ड तोड्नेमा दीपक विश्वस्त देखिए ।

‘फिल्म यही रफ्तारमा गयो भने हाम्रो नाममा रहेको रेकर्ड दुई हप्तामा तोडिन्छ जस्तो लाग्छ,’ उनले भने ।

‘छक्का पञ्जा ३’को २१ करोडको कलेक्सन रेकर्ड ‘छक्का पञ्जा– ४’ले दुई हप्तामा तोड्ने विश्वास अभिनेता गिरीले व्यक्त गरेका हुन् । 

‘छड्के– २’ का वितरक भन्छन्– हाम्रो त पत्तासाप भयो

‘छक्का पञ्जा– ४’सँग एकैदिन प्रदर्शनमा आएको अनमोल केसी स्टारर फिल्म ‘छड्के– २’को कलेक्सन भने निर्माण पक्षले सार्वजनिक गरेको छैन । 

फिल्मका वितरक सुनिल मानन्धरले ‘छड्के– २’ नचलेका कारण कलेक्सन रिपोर्ट नलिएको बताए । अनमोलको स्टारडममाथि विश्वास गरेर उनले यो फिल्मका लागि डेढ करोड रुपैयाँ एड्भान्स लगानी गरेका थिए । 

null

‘अनमोलको स्टारडममाथि विश्वास भएरै लगानी गरेको थिएँ । यत्तिको झुर व्यापार होला भन्ने कल्पना नै थिएन,’ वितरक मानन्धरले भने, ‘फिल्म पत्तासाप नै भएको भन्नुपर्छ । सोही कारण कलेक्सन रिपोर्ट लिएको छैन ।’ 

फिल्मले चार दिनमा ५० लाख पनि कलेक्सन गर्न नसकेको उनको भनाइ छ । 

अनमोलको फिल्ममध्ये ‘छड्के– २’को व्यापार सबैभन्दा कमजोर भएको उनले बताए । 

फिल्म नै झुर भएका कारण नचलेको वितरक मानन्धरको दाबी छ ।

‘यो फिल्म नै कम्प्लिट छैन, जे पायो त्यही (मनलागी) गरेर बनाएका छन्,’ उनले भने, ‘अनमोलको भनिसकेपछि शुक्रवार र शनिवार एक खालको व्यापार हुनुपर्ने हो । तर, यो फिल्मको सन्दर्भमा त्यो पनि भएन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x