३० जेठ २०८३, शनिबार
स्टारडमलाई ब्रान्डको धक्का

‘छक्का पञ्जा ४’को कलेक्सन ६ करोड, ‘छड्के २’ का वितरक भन्छन्– हाम्रो त पत्तासाप भयो

फागुन २३, २०७९
‘छक्का पञ्जा ४’को कलेक्सन ६ करोड, ‘छड्के २’ का वितरक भन्छन्– हाम्रो त पत्तासाप भयो

प्रतीक्षित नेपाली चलचित्र ‘छक्का पञ्जा– ४’ र ‘छड्के– २’ गत शुक्रवारबाट एकसाथ प्रदर्शनमा आए ।

दीपकराज गिरी तथा दीपाश्री निरौलाकृत ‘छक्का पञ्जा– ४’ ‘ब्रान्ड नेम’का कारण प्रतीक्षित थियो भने ‘छडके– २’ युवास्टार अनमोल केसीका कारण चर्चामा रह्यो ।

यद्यपि यीमध्ये ‘छक्का पञ्जा–४’ ले आक्रामक व्यापार गरिरहँदा ‘छडके– २’ भने हलबाट उत्रिने चरणमा पुगेको देखिएको छ । 

मंगलवारसम्म आइपुग्दा हलमा ‘छडके– २’ निकै न्यून शोमा सीमित हुनुपरेको छ भने ‘छक्का पञ्जा– ४’ ले शो बढाइरहेको छ । ‘छक्का पञ्जा– ४’का धेरै शोहरू हाउसफूल देखिएका छन् । 

निर्माता एवं अभिनेता दीपकराज गिरीले आफ्नो फिल्मलाई दर्शकले रुचाइरहेको भन्दै खुशी व्यक्त गरे । 

null

‘दर्शकहरूले यो खालको टेस्ट पाएका थिएनन् । फरक टेस्ट भएका कारण रुचाउनुभएको छ,’ अभिनेता गिरीले लोकान्तरसँग भने, ‘वर्ड अफ माउथ एकदमै राम्रो छ । दर्शकहरू बढ्दै जानुभएको छ ।’ 

उनले यसपटक आफ्नो फिल्म हेर्न युवापुस्ता बढी आएकोमा पनि खुशी व्यक्त गरे । फिल्मले चार दिनमा ६ करोड बढी कलेक्सन गरेको उनको अनुमान छ । 

‘हिजो (सोमवार) र शनिवार २/२ करोड कलेक्सन भएको हुनुपर्छ । अरू दुई दिनका १/१ करोड गर्दा पनि कम्तीमा पनि ६ करोड कलेक्सन भएको अनुमान गरेका छौं,’ गिरीले भने । 

आउँदा दिनमा पनि फिल्मले राम्रो कलेक्सन गर्नेमा उनी ढुक्क छन् । फिल्मले दुई हप्तामा ‘छक्का पञ्जा’ सिरिजको सम्पूर्ण रेकर्ड तोड्नेमा दीपक विश्वस्त देखिए ।

‘फिल्म यही रफ्तारमा गयो भने हाम्रो नाममा रहेको रेकर्ड दुई हप्तामा तोडिन्छ जस्तो लाग्छ,’ उनले भने ।

‘छक्का पञ्जा ३’को २१ करोडको कलेक्सन रेकर्ड ‘छक्का पञ्जा– ४’ले दुई हप्तामा तोड्ने विश्वास अभिनेता गिरीले व्यक्त गरेका हुन् । 

‘छड्के– २’ का वितरक भन्छन्– हाम्रो त पत्तासाप भयो

‘छक्का पञ्जा– ४’सँग एकैदिन प्रदर्शनमा आएको अनमोल केसी स्टारर फिल्म ‘छड्के– २’को कलेक्सन भने निर्माण पक्षले सार्वजनिक गरेको छैन । 

फिल्मका वितरक सुनिल मानन्धरले ‘छड्के– २’ नचलेका कारण कलेक्सन रिपोर्ट नलिएको बताए । अनमोलको स्टारडममाथि विश्वास गरेर उनले यो फिल्मका लागि डेढ करोड रुपैयाँ एड्भान्स लगानी गरेका थिए । 

null

‘अनमोलको स्टारडममाथि विश्वास भएरै लगानी गरेको थिएँ । यत्तिको झुर व्यापार होला भन्ने कल्पना नै थिएन,’ वितरक मानन्धरले भने, ‘फिल्म पत्तासाप नै भएको भन्नुपर्छ । सोही कारण कलेक्सन रिपोर्ट लिएको छैन ।’ 

फिल्मले चार दिनमा ५० लाख पनि कलेक्सन गर्न नसकेको उनको भनाइ छ । 

अनमोलको फिल्ममध्ये ‘छड्के– २’को व्यापार सबैभन्दा कमजोर भएको उनले बताए । 

फिल्म नै झुर भएका कारण नचलेको वितरक मानन्धरको दाबी छ ।

‘यो फिल्म नै कम्प्लिट छैन, जे पायो त्यही (मनलागी) गरेर बनाएका छन्,’ उनले भने, ‘अनमोलको भनिसकेपछि शुक्रवार र शनिवार एक खालको व्यापार हुनुपर्ने हो । तर, यो फिल्मको सन्दर्भमा त्यो पनि भएन ।’

salt training

कमेन्ट गर्नुहोस्