०९ साउन २०८३, शनिबार

तेक्वान्दो खेलाडी युवराजले एसियाड खेल्ने

जेठ ३०, २०८३
काठमाडौं
तेक्वान्दो खेलाडी युवराजले एसियाड खेल्ने

तेक्वान्दो खेलाडी युवराज रानाले जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुदमा देशको प्रतिनिधित्व गर्ने भएका छन् ।

युवराज पुरुष एकल पुम्सेको यु–३० उमेर समूहमा ‘वाइल्ड कार्ड’मार्फत एसियाली खेलकुदमा छनोट भएको जानकारी नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाले दिए ।

यसअघि, क्योरोगीतर्फ अभिषेक बराल पुरुष ८० केजीमुनि तौलसमूहमा छनोट भएका थिए ।

एसियाली खेलकुदको २०औँ संस्करण आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म आयोजना हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्