१० साउन २०८३, आइतबार

विश्वकपको 'ड्रिम इलेभेन': मेसी, एम्बाप्पे र हालान्ड टोलीमा, रोनाल्डो छुटे

साउन ७, २०८३
काठमाडौं
विश्वकपको 'ड्रिम इलेभेन': मेसी, एम्बाप्पे र हालान्ड टोलीमा, रोनाल्डो छुटे

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भर्खरै सम्पन्न पुरुष विश्वकप २०२६ को उत्कृष्ट टोली अर्थात् 'ड्रिम इलेभेन' सार्वजनिक गरेको छ। प्रतियोगिताभर विश्वभरका समर्थकहरूले गरेको मतदानका आधारमा फिफाले ४-३-३ को फर्मेसनमा ११ सदस्यीय टोली चयन गरेको हो।  

सार्वजनिक गरिएको 'ड्रिम इलेभेन' को अग्रपङ्क्तिमा विश्वका उत्कृष्ट हस्तीहरू लियोनेल मेसी (अर्जेन्टिना), किलियन एमबापे (फ्रान्स) र अर्लिङ हालान्ड (नर्वे) परेका छन् । मध्यपङ्क्तिमा इङ्गल्यान्डका जुड बेलिङ्हम, फ्रान्सका माइकल ओलिसे र स्पेनका रोड्री रहेका छन्। 

त्यसैगरी रक्षापङ्क्तिमा स्पेनका मार्क कुकुरेला र पेड्रो पोरो, फ्रान्सका दायोत उपामेकानो र अर्जेन्टिनाका लिसान्ड्रो मार्टिनेज चुनिएका छन्। 

टोलीको गोलकिपरका रूपमा भने केप भर्डेका भोझिन्हाले अप्रत्यासित रूपमा स्थान बनाएका छन्।  यसपटकको ड्रिम इलेभेनमा च्याम्पियन स्पेनबाट सर्वाधिक तीन र उपविजेता फ्रान्सबाट पनि तीन खेलाडी अटाएका छन्। 

क्लबका हिसाबले स्पेनिस महारथी रियल मड्रिडका सर्वाधिक तीन खेलाडी (एमबापे, बेलिङहम र कुकुरेला) यसमा पर्न सफल भएका छन्।

फिफाले सार्वजनिक गरेको यो ड्रिम इलेभेनमा विश्व फुटबलका कयौँ ठुला र प्रभावशाली नामहरू पर्न असफल भएका छन्। तीमध्ये सबैभन्दा ठुलो नाम पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोको हो। ४१ वर्षको उमेरमा आफ्नो छैटौँ विश्वकप खेलेका रोनाल्डोले ५ खेलमा ३ गोल गरे पनि पोर्चुगल अन्तिम १६ को खेलमा स्पेनसँग १–० ले पराजित भई बाहिरिएका कारण उनी फिफाको उत्कृष्ट ११ मा पर्न सकेनन्।  

रोनाल्डोका अतिरिक्त विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका अन्य कयौँ स्टार खेलाडीहरू पनि समर्थकहरूको रोजाइको यो सूचीमा अटाउन सकेनन् । 

null

विजेता टोलीका प्रमुख गोलकिपर सिमोनले पूरै प्रतियोगितामा एक गोल मात्र खाएका थिए भने १७ वर्षीय युवा सनसनी लामिन यामलले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए। तर, एउटै देशबाट तीन जनाको सीमा र अन्य टोलीका खेलाडीलाई परेको भोटका कारण उनीहरू छुटे।  

ब्राजिलियन स्टार भिनिसियस जुनियर टोली नकआउट चरणबाटै बाहिरिएका कारण ड्रिम इलेभेनमा अटाउन सकेनन्।  इङ्गल्यान्डबाट जुड बेलिङहम मात्र परे भने टोलीका मुख्य स्ट्राइकर ह्यारी केन र विंगर बुकायो साका बाहिरै रहे। बेल्जियमका मिडफिल्डर डि ब्रुइना पनि उत्कृष्ट ११ मा पर्न असफल भए। 

salt training

कमेन्ट गर्नुहोस्