
काठमाडौंको तारकेश्वरमा कारभित्रै जलेको अवस्थामा महिलाको शव भेटिएको छ ।
तारकेश्वर नगरपालिका १ कालेबासे चुनीदेवीस्थित बालुवा प्रशोधन केन्द्र नजिकै तारकेश्वर नगरपालिका ९ शुभकामना चाेक बस्ने ४५ वर्षीय रश्मि रिजाल मृत भेटिएकी प्रहरीले जनाएको छ ।
साउन ८ गते बिहान ७ बजेदेखि सम्पर्कविहीन भएकी रिजाल शनिबार दिउँसो बीएई १४१० ईभी कार भित्र पछाडिको सिटमा जलेको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिए ।
एसएसपी घिमिरेका अनुसार रिजाल सानिमा क्यापिटल लिमिटेड, नक्सालमा मर्चेन्ट हेडको रूपमा कार्यरत रहेको खुलेको छ ।