×

Nic Asia
Dabur
Prabhu Bank

सन्दर्भ: अन्तर्राष्ट्रिय महिला दिवस

नारी दिवसमा सम्झनै पर्ने वीराङ्गना एग्नोडिस

फागुन २४, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels
  • राजेन्द्र सेञ्चुरी

प्राचीन ग्रिसमा चिकित्सा अध्ययन महिलाहरूका लागि बर्जित थियो । इसाको चौथो शताब्दीमा जन्मेकी एग्नोडिस भन्ने एकजना स्त्रीले आफ्नो कपाल काटी, पुरुषकै भेष धारण गरी अलेक्जेन्ड्रिया मेडिकल स्कूलमा चिकित्सा अध्ययनका लागि भर्ना भइन् । त्यसरी पुरुष बनेरै उनले अध्ययन सकिन्, कसैले थाहा पाएन ।

yONNEX
Frooti
Appy

एक दिन उनी एथेन्सको सडकमा हिँड्दै गर्दा उनले प्रसव वेदनामा छटपटाइरहेकी महिला चिच्याएको सुनिन् । उनी ती महिला भएको ठाउँमा गइन् तर ती महिलाले एग्नोडिसलाई पुरुष भनेर आफ्नो छेउमा आउन दिइनन् । एग्नोडिसले आफ्नो लुगा फुकालेर आफू महिला भएको प्रमाणित गरिन् र ती महिलालाई बच्चा जन्माउन मद्दत गरिन् । उक्त विषय महिलाहरूमाझ एककान दुईकान मैदान भयो । सबै बिरामी महिलाहरू एग्नोडिसकहाँ जान थाले । कुरा पुरुष चिकित्सकहरूसम्म पनि पुग्यो र उनीहरूले एग्नोडिसले आफू पुरुष भएर पनि महिला हुँ भनी महिला बिरामीहरूलाई झुक्क्याएर उपचार गर्ने गरेको भनेर घोर निन्दा गरे ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

विषय अदालतसम्म पुग्यो । अदालतका सामु एग्नोडिसले सजिलैसँग आफू महिला भएको प्रमाणित गरिन् । त्यसपछि महिला भएर चिकित्सा अध्ययन र अभ्यास गरेको आरोपमा अदालतले उनलाई मृत्युदण्डको सजाय सुनायो । तर मृत्युदण्ड घोषणा गर्ने न्यायाधीशका पत्नीहरूले उक्त सजायको विरोध गरे । यदि एग्नोडिस मारिए आफू पनि उनीसँगै मर्ने भनी आफ्ना श्रीमानहरूलाई दबाब दिए । आफ्ना पत्नीहरू र अन्य महिलाहरूको दबाब झेल्न नसकेर न्यायाधीशहरूले एग्नोडिसको मृत्युदण्ड सजाय फिर्ता लिए, र तहाँ उपरान्त, महिलाहरूलाई चिकित्सा अध्ययन खुल्ला गरियो, महिला चिकित्सकहरूले महिलालाई मात्रै उपचार गर्न पाउने शर्तमा । यसरी, एग्नोडिसले इतिहासमा पहिलो ग्रीक महिला प्रसूतिकर्मी तथा चिकित्सकको रूपमा इतिहास रचिन् । सम्भवतः उनी ग्रीकको मात्रै नभएर सारा संसारकै पहिलो महिला चिकित्सक हुन् ।


Advertisment
Lokantar App
Saurya island

आज महिलाहरूले भोग गरेका स्वतन्त्रता त्यत्तिकै आएको होइन । त्यसमा एग्नोडिसजस्ता धेरै पुरुषत्व गाल्ने वीराङ्गनाहरूले ज्यानको बाजी लगाएका छन्, आहुति दिएका छन् ।

JYOTI
Vianet communication

महिला पुरुष बराबरी भन्न पाउने अवस्थासम्म आइपुग्नका लागि कैयौँ साहसी महिलाहरूले आफ्नै बुवा, दाजुभाइ र श्रीमानहरूविरुद्ध कठोर विद्रोह गर्नुपरेको छ । उनीहरू पनि आफ्ना आमा, दिदीबहिनी र संगीले झैँ चलिआएको रीति हो भन्दै सबैकुरा चुपचाप सही बस्थे भने कदापि यो परिवर्तन सम्भव हुने थिएन ।

एग्नोडिसले गरेको जस्तो नागरिक प्रतिरोध, अहिंसात्मक आन्दोलन वा अहिंसात्मक द्वन्द्व समाज बदल्नका लागि अपरिहार्य हुन्छ । विश्वका अन्य महिलाहरूले पनि ठूल्ठूला आन्दोलनहरू गरेका छन् । बेलायतको सफ्राज (मताधिकार) आन्दोलन, रुसको पुस्सी रायोट्स, भारतको गुलाबी ग्याङ, बेलायतको ग्रीनह्याम कमन वुमन पिस क्याम्प, अर्जेन्टिनाको प्लाजा डे मेयोमा भएको आमाहरूको आन्दोलनजस्ता आन्दोलनहरूले ठूल्ठूला उपलब्धिहरू हासिल गरेका छन् । पितृसत्तात्मक सोचहरू भत्काउन हाम्रो भूमिमा पनि एग्नोडिसजस्तै निर्भीक र साहसी परिवर्तनका योद्धाहरू नजन्मिएका भने होइनन्, राणाकालमा विकृति र विसङ्गति बोकेका कठोर रूढीवाद र परम्परावादविरुद्ध ६९ जनासहित जलसमाधिमा जाने बिरान्गाना योगमाया, राणाविरुद्ध आन्दोलन गर्ने मङ्गलादेवी सिंह हुन् या महाभारतमा भौमासुरसँग युद्ध गर्ने महिला अधिकारको मसाल सत्यभामा ।

महिला आन्दोलनको इतिहास यति पुरानो भइकन पनि अझै महिला पुरुष बराबरी हुन सकेको छैन । एग्नोडिसले आन्दोलन छेडेको २३ सय वर्षपछि पनि अविकसित समाजहरूमा महिलाहरूलाई दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गरिन्छ । उनीहरूलाई बिहे पहिले बाबु र दाजुभाइको नियन्त्रणमा राखिन्छ भने बिहेपछि श्रीमान्, देवर-जेठाजु र छोराहरूको । महिलाहरूलाई दबाउनकै लागि धेरै कुसंस्कारहरू आविष्कार गरिएको छ । खाने, लगाउने, बस्ने, उठ्ने, बोल्ने, हिँड्ने, खेल्ने, सुत्ने, हरेक कुरामा समाजले कानून बनाएको छ । पुरुषहरू बेफिक्री छन्; जे गर्दा नि हुन्छ उनीहरूले । अघिल्लो दिनसम्म एक अर्कालाई तिमी भनेर सम्बोधन गर्ने सहपाठी राम र सीता विवाहको दिनदेखि तँ र तपाईँ भन्न थाल्छन् । हेप्न चेप्न त्यहीँबाट शुरू हुन्छ । हेपेर नै हो घरेलु हिंसा गरिने; महिलाले नेतृत्व गर्ने समाजमा महिलाविरुद्धको घरेलु हिंसा कम हुन्छ । उदाहरणका लागि, मातृ वंशीय प्रणाली भएका उत्तरपूर्वी भारतका खासी समाज, चीनका मोसुओ समाज, पश्चिम अफ्रिकाको अकान समाज, इन्डोनेसियाको मिनाङ्काबाउ समाजहरूमा महिला हिंसा न्यून रहेको पाइन्छ । त्यसो हुनाको कारण लैङ्गिक शक्ति संरचना सन्तुलित भएर हो । अबका नारीवादी आन्दोलनको प्रयासहरूले असन्तुलित शक्ति सम्बन्ध ढाल्न सक्नुपर्छ ।

हुन त अहिले हामी आफ्नै पीरमर्काको कुरा गर्न पनि डोनरको पैसा कुर्ने भएका छौं । डलर आए मात्र हामीसँग महिला उत्थान, महिला अधिकार, लैङ्गिक समानताका मुद्दा हुन्छन्, नत्र हुँदैनन् । सयौं, हजारौंले पश्चिमको छाउपडी भत्काउने छद्ममा काठमाडौंमा घर बनाए, छाउगोठ त अझै पनि छँदैछ । १२ वर्षको उमेरमा विवाह गरिदिनाले १८ वर्ष पुग्दानपुग्दै ४/५ वटा बच्चा पाइसक्ने मुसहर बस्तीमा बालविवाह रोक्ने सरकारको दायित्व हैन र ? अफसोस ऊ पनि विकासे कार्यकर्ताकै बाटो हेरेर बस्छ । कसले लड्ने ती दूरदराजका महिलाहरूका लागि ?

त्यही भएर पनि महिला हक अधिकारका आन्दोलनहरू गाउँ-गाउँ र बस्ती-बस्तीबाट उठ्न जरुरी देखिन्छ । विशेष गरी अबका आन्दोलनहरू महिलाहरूको सामाजिक, आर्थिक, सांस्कृतिक र मनोसामाजिक हित केन्द्रित हुन आवश्यक देखिन्छ । राजनीतिक हिसाबले नेपालका महिलाहरू अधिकार सम्पन्न छन् । नेपालको संविधानले संसद्मा महिला प्रतिनिधित्व ३३ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ जुन अन्तर्राष्ट्रिय औसतभन्दा धेरै छ ।

अन्तर-संसदीय संघ (इन्टर-पार्लियामेन्टरी युनियन) को सन् २०२१ को तथ्याङ्कअनुसार, संसद्को एकल वा तल्लो सदनमा महिलाहरूको विश्वव्यापी औसत २५.५ प्रतिशत छ । यो संवैधानिक व्यवस्था नेपालका नारीवादीहरूले गरेको आन्दोलनहरू, १० वर्षे जनयुद्ध र जनआन्दोलनहरूको बलमा प्राप्त भएको हो, सित्तैमा आएको भने होइन । संविधान प्रदत्त अधिकारहरूलाई संस्थागत गर्न सके मात्रै पनि ठूलो उपलब्धि हाता लाग्ने देखिन्छ । अबको नेपाली महिला आन्दोलनले त्यसतर्फ विशेष ध्यान पुर्‍याउन आवश्यक छ ।

यस्ता युगान्तकारी आन्दोलन हाँक्न सयौं एग्नोडिसहरूको खाँचो हुन्छ । आजका त्यस्ता एग्नोडिसहरूले महिला आन्दोलनको छद्म भेषमा निजी स्वार्थ परिपूर्ति गर्न उद्धत हुनेहरूलाई विस्थापित गर्ने ल्याकत राख्नुपर्छ; शहरबाट टाढा दूरदराजका बस्तीहरूका महिलामा भएका अशिक्षा, अज्ञानता र पछौटेपनहरूलाई चिर्न सक्नुपर्छ । शहरका गल्लीहरूमा हुने महिलाको वस्तुकरणमाथि धावा बोल्न सक्नुपर्छ; र महिला र पुरुष जैविक भिन्नता बाहेक सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक र अन्य हिसाबले बराबर हुन्छन् भन्ने कुरालाई हरेकको दिमागमा भर्न सक्नुपर्दछ । र, यो सबै गर्नका लागि सर्वप्रथम आफू पाँचतारे होटेलका सुशोभित सभाकक्षबाट बाहिर निस्किएर शोषितपीडित दिदीबहिनीको दैलोमा पुग्न सक्नुपर्दछ । यो आलेख पढ्ने हरेकलाई एग्नोडिसबाट प्रचुर मात्रामा प्रेरणा मिल्न सकोस्, ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको यही नै शुभकामना छ ।​

सेञ्चुरी नेपाल सरकारको विशेषज्ञ समूह नीति अनुसन्धान प्रतिष्ठानमा विश्लेषक/सूचना अधिकारीका रूपमा कार्यरत छन् ।ट्वीटर:@rsenchurey

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १२, २०८०

हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

जेठ १०, २०८०

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

जेठ ५, २०८०

संविधान कार्यान्वयनपछि निर्वाचित संस्थाहरूले आफ्नो पहिलो कार्यावधि संघीयता कार्यान्वयनका केही आधारभूत कानूनबेगर नै पूरा गरे । संविधानले दिएको अधिकार प्रयोग गर्ने प्रणाली निर्माण गर्न ती कानूनहरूको अभावमा आफूहरू...

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

गाँजा फाँडेर भीख मागिरहेको देश !

गाँजा फाँडेर भीख मागिरहेको देश !

जेठ २६, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

ad
x