
माछापुच्छ्रे बैंक र सेल्सबेरीबीच डिजिटल कारोबारलाई प्रोसाहन गर्ने उद्देश्यले सम्झौता भएको छ ।
सम्झौता पत्रमा सेल्सबेरीको तर्फबाट अध्यक्ष शुसिलमान प्रधानाङ्ग तथा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु थापाले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात सेल्सबेरीका आउटलेटहरूबाट सामान खरिद गर्दा बैंकका ग्राहकले विभिन्न डिजिटल माध्यमबाट जस्तै क्यूआर वा पीओएस मशिनमार्फत डेबिट/क्रेडिट कार्ड प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् ।
यसैबीच बैंकले हरेक हप्ताको सोमवारका लागि ‘मन्डे म्याडनेस’ योजना सञ्चालन गरिरहेको छ । जसअन्तर्गत हरेक सोमवार बैंकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पीओएस वा ई–कमबाट पेमेन्ट गर्दा २३ प्रतिशत वा १२३ रुपैयाँ डेबिड कार्डमा र क्रेडिट कार्डमा २३ प्रतिशत वा २२३ रुपैयाँसम्म छुट पाइनेछ ।
योजना हरेक सोमवार बिहान ७ बजेदेखि १० बजेसम्म कार्डबाट गरिएका कारोबारमा मात्र लागू हुनेछ ।
माछापुच्छ्रे बैंक लिमिटेडले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ । सम्झौताले गर्दा ग्राहकलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्वनमा सघाउ पुग्दै आइरहेको छ ।
बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्देश्यका साथ ग्रीन बैंकिङलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन तथा सेवाहरू सञ्चालन गरिरहेको छ ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ सेवा, २०६ एटीएममार्फत १४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।