२२ असार २०८३, सोमबार

भारतीय गायक जैनले भोलि काठमाडौंमा साङ्गीतिक प्रस्तुति दिँदै

फागुन २५, २०७९
भारतीय गायक जैनले भोलि काठमाडौंमा साङ्गीतिक प्रस्तुति दिँदै

नेपालमा भारतीय गायक तथा कवि ओशो जैनले साङ्गीतिक प्रस्तुति दिने भएका छन् ।

युवा पुस्तामाझ लोकप्रिय गायक तथा कवि जैनले आफ्नो साङ्गीतिक समूहसहित प्रिभे नेपाल, सोल्टी काठमाडौंमा प्रस्तुति दिन लागेका हुन् । 

भोली शुक्रबार अर्थात् फागुन २६ गते (मार्च १०) मा उनले आफ्नो साङ्गीतिक प्रस्तुति दिँदै छन् । ओशो जैनका ‘तु ऐसा कैसे है’, ‘खूश तो है ना’, ‘हमारा हो गया’ लगायत गीत चर्चित छन् । पहिलो पटक नेपालमा साङ्गीतिक कार्यक्रम गर्न आफू निकै उत्साहित रहेको गायक जैनले बताएका छन् ।

नेपाली गायिका सुरक्षा मल्लले पनि कार्यक्रममा आफ्ना गीत गाउने छिन् । आयोजक संस्थाले जैनको प्रस्तुति हेर्नका लागि प्रवेश शुल्क दुई हजार रुपैयाँ तोक्नुका साथै दर्शकलाई टिकट किन्न आव्हान समेत गरेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्