माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
फागुन २५, २०७९
कांग्रेस नेता रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपति बनेका छन् । कार्यकाल गणना गर्दा भने उनी चौथो राष्ट्रपति हुन् ।
एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई १८ हजार २८४ मतले पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
पौडेलले ३३ हजार ८०२ मत पाउँदा नेम्वाङले १५ हजार ५१८ मत पाए ।
यसअघि पहिलो कार्यकालका लागि कांग्रेसकै डा. रामवरण यादव राष्ट्रपति चुनिएका थिए । त्यसपछि लगातार दुई कार्यकाल एमालेकी विद्या भण्डारी राष्ट्रपति बनिन् ।
कांग्रेस, माओवादी केन्द्र, रास्वपा, जसपा, नेकपा एस, लोसपा, जनमत, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गरेपछि पौडेल सहजै राष्ट्रपति निर्वाचित भएका हुन् ।
को हुन् पौडेल ?
२००१ साल असोज २९ गते बुवा दुर्गाप्रसाद पौडेल र आमा ऋषिमाया पौडेलको सन्तानका रूपमा (तनहुँको मिलुङ, बाहुनपोखरा, हालको व्यास नगरपालिका– ८) जन्मिएका पौडेल ७९ वर्षका भए ।
पछि सविता पौडेलसँग विवाह गरेका पौडेलका चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा र अवज्ञा) तथा एक छोरा (चिन्तन पौडेल) छन् । पौडेलको स्थायी बसोवास व्यास नपा–२ अमरापुरी, दमौली हो भने काठमाडौंमा उनको बसोवास बोहोराटार बालाजुमा रहेको छ ।
मध्यम वर्गीय किसान परिवारमा जन्मिएका पौडेलले नेपाली साहित्यमा स्नातकोत्तर र संस्कृतमा शास्त्रीसम्मको अध्ययन गरेका छन् । २०१५ सालमा विद्यार्थी संगठनबाट कांग्रेससँग जोडिएका पौडेल त्यसयता निरन्तर पार्टीका विभिन्न जिम्मेवारीमा रहँदै आएका छन् ।
राजनीतिक जीवनमा २०१८ देखि २०६२ सम्म करीब १५ वर्ष उनले जेलमा बन्दी जीवन व्यतित गरेका छन् । त्यसलाई कांग्रेसभित्र ‘रामचन्द्रका १४ वर्ष वनबास’ भनेर भन्ने गरिन्छ । उनै पौडेलले अन्ततः राष्ट्रपतिमा बाजी मारेका हुन् ।
शुरूमा २०१८ को भरतपुर काण्डको विरोधमा उत्रँदा गिरफ्तार गरी कारागार चलान गरिएको थियो । पछि रिहा भएलगत्तै कीर्तिपुर विश्वविद्यालयमा झोडा काण्डको विरोध गरी कार्यक्रम गर्दा २०२८ मा पुनः गिरफ्तार भई २०३२ सम्म जेल बस्नुपरेको थियो ।
पार्टीको केन्द्रीय राजनीतिमा भने उनी २०३४ सालबाट क्रियाशील छन् । ०३४ मा पहिलोपटक केन्द्रीय सदस्य बनेका पौडेल उपसभापति हुँदै २०७२ सालमा पार्टीको कार्यबाहक सभापति बनेका थिए । सभापतिमा पराजित भए पनि पार्टीको १३ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेको जश उनलाई जान्छ ।
२०४७ पछिका आमनिर्वाचनमा ६ पटक (वि.सं. २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७९)मा तनहुँबाट प्रतिनिधि सभा तथा संविधानसभा सदस्य निर्वाचित भए । उनी २०७४ सालको निर्वाचनमा मात्रै पराजित हुन पुगेका थिए ।
पौडेल पहिलोपटक स्थानीय विकास मन्त्री, त्यसपछि कृषि तथा सहकारी, उपप्रधान तथा गृहमन्त्री, सञ्चार मन्त्री, जलस्रोत मन्त्री, शिक्षा मन्त्री र शान्ति तथा पुनः निर्माणमन्त्री बनिसकेका छन् । उनी २०५१ सालको प्रतिनिधिसभामा सभामुख बनेका थिए ।
जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ तथा मानवअधिकारसम्बन्धी विभिन्न पुरस्कारबाट पुरस्कृत पौडेलका प्रजातान्त्रिक समाजवाद, आस्थाको यात्रा, कृषि क्रान्ति र समाजवाद, राजनीतिको मार्ग, नेपाली कांग्रेस रूपान्तरणको मार्गलगायत दर्जन पुस्तक र विभिन्न विषयमा लेख रचना प्रकाशित छन् ।
नेपाली कांग्रेसभित्रकै मध्यमार्गी नेताका रूपमा परिचित पौडेलले पार्टीका संस्थापक सभापति विश्वेश्वरप्रसाद कोइराला, सर्वमान्य नेता गणेशमान सिंह, संस्थापक नेता कृष्णप्रसाद भट्टराई र पछि सभापति गिरिजाप्रसाद कोइरालाको अत्यन्त निकट रहेर काम गरेका थिए । पार्टीका शीर्ष नेताहरूबीच विवाद हुँदा त्यसलाई मिलाउन मध्यमार्गी भूमिकामा पौडेल सधैं रहँदै आएका थिए ।
तत्कालीन विद्रोही नेकपा (माओवादी)सँग १२ बुँदे सहमति र शान्ति सम्झौताका पक्षपाति पौडेल पछिल्लोपटक ‘संविधानको रक्षा, प्रतिनिधि सभाको सुरक्षा’ भन्दै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन गरी चुनावमा जाने रणनीतिका सूत्राधार समेत हुन् । २०७९ मंसिर ४ को आम निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) मिलेर सरकार बनाउनु पर्छ भनेर निरन्तर लबिङ रहेका पौडेल पूर्व सहमति अनुसार प्रचण्डलाई पहिलो कार्यकाल सरकारको नेतृत्व दिनुपर्छ भन्नेमा दृढ थिए ।
पुस १० मा गठबन्धन टुटेपछि पौडेलले प्रचण्डका कारण गठबन्धन टुटेको हैन, कांग्रेसकै गल्ती हो भन्दै आएका थिए । त्यसयता पौडेल चुनावअघिको गठबन्धन बनाउन निरन्तर क्रियाशील थिए ।
कोइराला समूह छाडेर देउवातिर लागेपछि राष्ट्रपति
पौडेल कांग्रेसमा यसअघि सधैं देउवाविरोधी खेमामा रहँदै आएका नेता हुन् ।
यतिमात्रै होइन, ‘थरले पौडेल भए पनि म कोइराला हुँ’ भन्ने दाबी उनले गर्दै आएका थिए । कोइराला खेमाको विरासतको बलमा पार्टी नेतृत्वमा पुग्ने उनको चाहना थियो ।
सुशील कोइरालाको निधन भएपछि २०७२ साल फागुनमा भएको महाधिवेशनमा पौडेल देउवासँग पराजित भएका थिए । दोस्रो चरणको निर्वाचनमा कृष्ण सिटौला प्यानलले देउवालाई सघाउँदा पौडेल हार्न पुगेका थिए ।
सुशील कोइरालाको निधन भएपछि पूर्व संस्थापनमा विभाजन आउँदा देउवाले बाजी मारेका थिए । सभापतिमा प्रतिस्पर्धा गर्दा पौडेलले देउवा ‘मनी र मसल’को बलमा राजनीतिमा टिकेको टिप्पणी गरेका थिए ।
बीपी, गिरिजा, सुशील सबै कोइरालाको नजिक रहेर विश्वासिलो पात्र बन्दै आएका पौडेल १३ औं महाधिवेशनमा सभापतिमा देउवासँग पराजित हुन पुगेका थिए ।
शुरूमा कोइराला परिवारको उत्तराधिकारी हुँदासम्म पौडेलले कहिल्यै पनि सभापतिका लागि दाबेदार गरेनन् । उपसभापति र महामन्त्रीसम्म मात्र चित्त बुझाए । तर, न उनले पार्टी नेतृत्वको अवसर पाए, न सरकारको नेतृत्व नै । प्रधानमन्त्री बन्नका लागि संसदमा १७ पटकसम्म प्रयास गर्दा पनि असफल भएको नमीठो इतिहास उनको विगतसँग जोडिएको छ ।
१३ औं महाधिवेशनमा पूर्व संस्थापनका कृष्णप्रसाद सिटौला देउवा पक्षमा पुगेका थिए । तर १४ औं महाधिवेशनसम्म आइपुग्दा पौडेल नै कोइराला खेमामा रहेनन् ।
नेता प्रकाशमान सिंह पनि अन्ततः देउवा पक्षतिर लाग्न पुगे । आफू सभापतिको उम्मेदवार बन्ने अवस्था नआएपछि पौडेल शुरूमा तटस्थ बस्छु भनेका थिए । तर विस्तारै देउवा पक्षतिर खुल्दै गए । डा. शशांक कोइराला पनि पूर्व संस्थापनमा डा. शेखर कोइराला समूहमा देखिएनन् । कोइराला परिवारविरुद्ध पौडेलले नेतृत्व दाबी गरेको यही पहिलोपटक थियो ।
कुनै समय ‘हामी पनि कोइराला हौं’ भनेका उनै पौडेललाई सोही गुट छाडेपछि मात्रै सबैभन्दा ठूलो पद प्राप्त हुन पुगेको छ । १४ औं महाधिवेशनमा पूर्व संस्थापनले गरेको बेवास्तापछि बाध्य भएर पौडेल देउवातिर पुगेका थिए । यसरी गुट परिवर्तन गर्दा पौडेललाई मुलुककै सबैभन्दा ठूलो पदमा पुग्ने अवसर जुरेको हो ।
देउवा सभापति बन्नुअघि उनले कांग्रेसमा कहिल्यै गुटबन्दी गरेनन् । १३औं महाधिवेशनपछि भने केही समय उनले देउवाविरोधी खेमाको नेतृत्व गरेका थिए । सधैं शक्तिको वरिपरी रहँदा उनको स्वतन्त्र र स्थायी गुट भएन ।
उनी सधैं अरूको सहयोगी नेताको रूपमा मात्रै रहन पुगे । पार्टीमा सधैं तिरस्कारको पात्र बनेको महसूस गर्दै आएका पौडेल अन्ततः मुलुककै सर्वोच्च पदको पुरस्कार मिलेको छ ।
पार्टीमा समकालीन शीर्ष नेतामाथि अनेक आरोप लाग्ने गरे पनि पौडेल मध्यमार्गी, निष्पक्ष र पारदर्शी नेता मानिन्छन् । शीर्ष नेतामध्ये सैद्धान्तिक बहस गर्नेमा पनि पौडेल अरू भन्दा अगाडि छन् ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...