३१ जेठ २०८३, आइतबार

बाघको पुच्छर छुने हुँदा गयो ज्यान

फागुन २६, २०७९
बाघको पुच्छर छुने हुँदा गयो ज्यान

भारतको मध्य प्रदेशमा रहेको खाडगोनमा एक व्यक्तिले बाघको पुच्छर छुने हुँदा ज्यान गुमाउनुपरेको छ । 

सन्तोष नामक ती कृषकले गाउँमा आइपुगेको बाघको पुच्छरमा लट्ठी हानेका थिए । बाघले कस्तो प्रतिक्रिया जनाउँछ भनी उनले हिर्काएको वन अधिकारीहरूले बताए । 

त्यसपछि बाघले उनको गर्दनको पछिल्लो भागमा झाप्पु हानेर गहिरो घाउ बनाइदियो । सन्तोषलाई अस्पताल लगिएको थियो र उनको मृत्यु त्यहीँ भयो । 

आक्रमण गर्ने बाघ त्यहाँबाट जंगलतर्फ भाग्यो । त्यसलाई पत्ता लगाउन सकिएको छैन । 

वन विभागले गाउँलेहरूलाई जंगलतर्फ नजान र बाघलाई नचलाउन आग्रह गरेको छ । 

उक्त बाघ महाराष्ट्रको यवाल वन्यजन्तु आरक्षबाट खाडोगनमा रहेको चिडिया वन परिसरमा आइपुगेको वन अधिकृतहरू बताउँछन् । 

बाघ ठूलो शिकार गरेर आराम गरिरहेको बेलामा गाउँलेहरू त्यसलाई सताउन पुगेका थिए । त्यसैक्रममा सन्तोषले बाघको पुच्छरमा लट्ठी हिर्काउँदा बाघले सांघातिक आक्रमण गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्