
बलिउड अभिनेता तथा निर्देशक सतिश कौशिकको मृत्युको अनुसन्धान गरिरहेको पुलिस शनिबार दिल्लीको फार्म हाउस पुगेको छ।
कौशिक आफ्नो मृत्युको एक दिन अघि यहाँ होली पार्टीमा सहभागी भएका थिए। प्रहरीले फार्म हाउसको खोजीमा केही औषधि फेला पारेको छ । प्रहरीले फार्म हाउसका मालिकलाई सोधपुछ गर्न चाहे पनि उनी फरार भएका छन्।
कौशिकको बुधबार राति १ः३० बजे दिल्लीमा अचानक निधन भएको थियो।
उनी ६६ वर्षका थिए। दिल्ली प्रहरीका अनुसार कौशिकको शंकास्पद मृत्यु भएको हो । उनको शवको पोष्टमार्टम गरिएको छ। यसको विस्तृत प्रतिवेदन भने आइनसकेको भारतीय सञ्चारमाध्यमले लेखेका छन्। तर, प्रारम्भिक पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण कार्डियक अरेस्ट भएको बताइएको छ ।
समाचार एजेन्सीका अनुसार एक उद्योगपतिको फार्म हाउसमा होली पार्टी आयोजना गरिएको थियो । ती उद्योगपति पार्टीमा उपस्थित थिए, उनी पनि एक मद्दाका वान्टेड भएका जनाइएको छ। प्रहरी उनलाई सोधपुछ गर्न आएको थियो तर फेला नपारेको बताएको छ।
उनको खोजी भइरहेको प्रहरीले बताएको छ। यसबाहेक प्रहरीले पार्टीमा आएका पाहुनाको नामावली पनि जाँच गरिरहेको छ ।
प्रहरीले अस्पतालबाट मृत्युको खबर पाएको थियो
सतिसको मृत्युको खबर अस्पतालबाट प्राप्त भएको प्रहरीले जनाएको छ । स्वास्थ्य बिग्रिएपछि अस्पताल पुग्दा कौशिकको साथमा को थिए, के भयो प्रहरी ? त्यसको पुष्टि गर्ने काम प्रहरीले गरिरहेको छ। त्यहाँ उपस्थित मानिसहरूलाई सोधपुछ गरिने र त्यसबाट मृत्युको यकिन कारण थाहा पाउन प्रहरीले बिसराको रिपोर्ट पनि पर्खिरहेको छ ।