×

NMB BANK
NIC ASIA

उद्यम

काभ्रेबाट कर्णाली आएर डेरी व्यवसायमा जमेका जयकृष्ण र माधव

फागुन २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

२०७४ असोजमा सपरिवार रारा घुम्न आएका थिए, काभ्रेको पाँचखालका जयकृष्ण सापकोटा र माधव धिताल । कर्णाली राजमार्ग हुँदै रारा जाँदा फर्किंदा उनीहरू सुर्खेत बास बसे ।

Muktinath Bank

त्यतिबेला सुर्खेत प्रदेशको राजधानी बन्ने क्रममै थियो । अर्थात् राजधानी बन्ने निश्चितजस्तै थियो । काभे्र पाँचखालमा ३२ वर्षदेखि डेरी सञ्चालन गर्दै आएका यी २ युवाले कर्णालीलाई नयाँ गन्तव्य बनाउने सोच बनाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाँचखालबाट दैनिक २० हजार लिटर दूधबाट ४० हजार दूध, दहीको प्याकेट बनाएर काठमाडौं पठाउँछन्, ‘अर्पण ब्राण्ड’का नामबाट । जयकृष्ण र माधव काठमाडौं पुगेर पुनः सुर्खेत फर्किए ।


Advertisment
Nabil box
Kumari

‘यहाँ डेरीको अवस्था, दूध संकलन, बजार, लगानी लगायतका सबै पक्षबारे अध्ययन गर्दै १५ दिन बितायौं,’ जयकृष्ण भन्छन्, ‘वीरेन्द्रनगरमा व्यावसायिक रूपमा डेरी सञ्चालन भएका थिएनन्, लेबलिङ, प्याकेजिङ गरी गुणस्तर परीक्षण गर्ने कुनै डेरीले दूध बेच्थेनन्, सबै मापदण्ड पूरा गरेर अत्याधुनिक प्रविधिको उद्योग सञ्चालन गर्ने टुंगोमा पुग्यौं ।’ त्यसपछि उनीहरूले काठमाडौं फर्किएर सुर्खेत डेरी उद्योग प्रालि दर्ता गरे ।

Vianet communication
Laxmi Bank

२०७४ फागुनदेखि जयकृष्ण र माधव संयुक्त लगानीमा वीरेन्द्रनगर औद्योगिक क्षेत्रको २ रोपनी जग्गामा उद्योग स्थापनाको तयारीमा जुटे । कम्पनी खोल्नदेखि, भवन बनाउन, मशिन औजार खरिद जडान, गाडी लगायतमा १७ करोड खर्च भइसकेको छ । २३ महिनाको तयारीपछि २०७७ वैशाखदेखि सुर्खेत डेरी उद्योगले ‘रारा ब्राण्ड’का नामबाट दुग्धजन्य पदार्थको उत्पादन, बिक्री वितरण थालेको हो ।

रारा ताल घुम्न आउँदा उद्योग खोल्ने सोचमा पुगेको, रारा ताल नेपालकै प्रमुख गन्तव्य भएको र रारा सबैको जनजिब्रोमा बसेकाले यसको थप प्रवद्र्धनका लागि उत्पादनको नाम नै ‘रारा’ दिने निर्णयमा पुगेको जयकृष्ण बताउँछन् ।

डेरी उद्योगको भौतिक संरचना तयार भयो तर सुर्खेतमा दूध थिएन । शुरूमा दैनिक २० लिटर दूध संकलन हुन्थ्यो । किसानमा घरघरमा गएर दूध बेच्ने मानसिकता थियो । ‘शुरूआतमा काभ्रेबाट दूध ल्याएर उद्योग चलायौं, सुर्खेतमा दूध थिएन, उता (काभ्रेमा) कोभिडले दूध बिकेको थिएन,’ उनी भन्छन्, ‘आफ्नै ‘ट्यांकर थियो, १ वर्षसम्म काठमाडौंबाटै दूध ल्याएर डेरी चलाइयो, अहिले दूध संकलन केन्द्र पनि बढेका छन् ।’ हाल २५ केन्द्रबाट गरी ४०० लिटर दूध संकलन हुँदै आएको छ । दूधको गुणस्तरका आधारमा प्रतिलिटर ६०–१२० रुपैयाँसम्म किसानले पाउने गरेका छन् ।

दैलेखको गोगनपानीदेखि पश्चिम सुर्खेतको गुटु र उत्तर पूर्वमा पर्ने रानीबासदेखि गुमी जहरेसम्म दूध संकलन गर्ने गरिन्छ । सुर्खेतमा दूध उत्पादनमा कमी आए दैलेख र बर्दियाबाट समेत ढुवानी गर्ने गरिएको छ । ती केन्द्रबाट दैनिक ५ हजार लिटर संकलन गरिन्छ, जसमध्ये ३००० लिटर दूधबाट ५ हजार प्याकेट दूध, १ हजार लिटरबाट २ हजार प्याकेट मोही, १ हजार लिटर दूधबाट २ हजार प्याकेट दही बजारमा पठाउने गरिन्छ ।

उद्योगले ३६५ दिनमै दूध किन्ने वातावरण बनाएको छ । यहाँ बढी भएको दूध पाउडर बनाएर काठमाडौं पठाउने गरेको छ । डेरीले डिलरलाई ८४ र उपभोक्ताले प्रतिलिटर ९० रुपैयाँमा दूध पाउँछन् । सरकारले बढाएको मूल्यमा दूध बेच्ने डेरीको तयारी छ ।

null

उद्योगले प्रत्येक दिन लेबलिङ, गे्रडिङ, गुणस्तर जाँच गरेर प्याकेटमा उत्पादन मिति राखेर बजार पठाउने गर्दछ । ‘शहरको पैसा गाउँ जाने भनेकै दूधको पैसा हो, त्यो प्रत्यक्ष किसानको हातमा पुग्छ,’ जयकृष्ण भन्छन्, ‘पहिले घरघर लगेर बेच्नुपथ्र्यो, उपभोक्ताले चाहेको बेला पाउन गाह्रो थियो, अहिले बजारीकरणलाई ध्यान दिएका छौं ।’ लेबलिङ, प्याकेजिङजस्ता कुराहरू अहिले सुर्खेत डेरीबाटै अन्य डेरीले पनि सिक्दैछन् ।

सुर्खेत डेरीले वार्षिक सरदर १० करोड कारोबार गर्दै आएको छ । उद्योगका अनुसार ३ वर्षमा ३ करोड घाटा व्यहोरेको छ । विद्युत्को भोल्टेज लो हुँदा २०० केभीको जेनेरेटर जडान गरिएको छ । अधिकांश समय जेनेरेटर चलाउनुपर्ने बाध्यता छ । इन्धन खर्च, दूध ढुवानी खर्च लगायतका कारण खर्च बढेको बताइएको छ । उद्योगका दूध संकलन, बिक्री वितरण गर्ने ३ वटा ट्यांकर छन् । दैनिक २० हजार लिटर दूध उत्पादन गर्ने क्षमताको कारखाना छ तर अहिले ६ हजार लिटर मात्रै उत्पादन भइरहेको छ ।

दैनिक ३ हजार लिटर दूध खपत हुने गरेको छ । नाफामा लिनलाई दैनिक १० हजार लिटर बढी दुग्धजन्य पदार्थ उत्पादन गर्नुपर्छ । पाउडर प्लान्ट बनाउन सकिए सुर्खेतबाट पहाडी जिल्लामा धूलो दूध पठाउन सकिने जयकृष्णको भनाई छ ।

काभे्रको पाँचखालस्थित डेरी दाइ बालकृष्ण सापकोटाको जिम्मा लगाएर जयकृष्ण र माधव परिवारसहित सुर्खेतमा आएका हुन् । पारिवारिक जनशक्तिका अतिरिक्त डेरीमा ३५ जना तलबी कर्मचारी छन् । जयकृष्णको छोरी सुस्मिताले एकाउन्ट, ज्वाइँ अमित अधिकारीले मार्केटिङ हेर्दै आएका छन् । छोरा सुदिन आफ्नै रुचिअनुसार नयाँदिल्लीमा फूड साइन्स अन्तर्गत डेरी टेक्नोलोजी विषय पढ्दैछन् ।

कर्णालीमै लगानी र प्रविधिका हिसाबले ठूलो उद्योग सञ्चालन गरे पनि प्रदेश सरकारबाट उनीहरूले कुनै प्रोत्साहन पाएका छैनन् । ‘सबै आउनुहुन्छ, हेर्नुुहन्छ, दंग परेर जानुहुन्छ तर अनुदान मिलेको छैन,’ जयकृष्ण भन्छन्, ‘हामीलाई नगद अनुदान होइन, किसानको दूध बजारसम्म ल्याउने व्यवस्था मिलाइदिए पुग्छ, डेरीको व्यावसायिकीकरणका लागि नीति नियम बनाइदिए पुग्छ ।’

nullसुर्खेत डेरी उद्योग लागत र प्रविधिका हिसाबले सुर्खेत औद्योगिक क्षेत्रमा मात्र नभई सिंगो कर्णाली प्रदेशमै ठूलो उद्योग मानिन्छ । उद्योगमा मशिनहरू सबै भारतको गुजरातबाट ल्याइएको हो । जयकृष्णका अनुसार एकपटक खरिद गरेपछि १५ वर्षसम्मको टिकाउ हुने अत्याधुनिक मशिन खरिद गरिएको छ । बुटवलदेखि यता पश्चिम नेपालकै अत्याधुनिक मशिन जडान गरिएको छ । यस्तो मशिन नेपालगञ्जमा पनि छैन । 

‘सुर्खेतको विकट गुटुदेखि रानीबाससम्मको दूध आउँछ, दैलेखको चामुण्डाबाट समेत दूध ल्याउँछौं, यो त्यति टाढाबाट दूध आउने ठाउँ होइन,’ जयकृष्णका व्यावसायिक साझेदार माधव धिताल भन्छन्, ‘हामीले उद्योग सञ्चालन गरेपछि यहाँका किसानले राम्रो मूल्य पाएका छन्, दूध बेच्न घरघर धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।’

जयकृष्ण र माधवको सपना छ, सबैभन्दा कम दूध उत्पादन हुने कर्णाली प्रदेशलाई डेरीको माध्यमबाट उत्पादकत्व वृद्धि गर्न किसानलाई दुग्ध उत्पादनमा व्यावसायिक बनाउने र यी २ युवा जन्मथलो काभ्रेबाट सुदूर कर्णालीको सुर्खेतलाई व्यावसायिक गन्तव्य बनाउँदै संघर्ष गरिरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x