२२ असार २०८३, सोमबार

'भोला'को प्रचार गर्न ट्रक लिएर शहरमा निस्किए अजय देवगन

फागुन २८, २०७९
'भोला'को प्रचार गर्न ट्रक लिएर शहरमा निस्किए अजय देवगन

बलिउड अभिनेता अजय देवगन यतिबेला आफ्नो आगामी फिल्म 'भोला'लाई लिएर चर्चामा छन् ।

यसैबीच अजयले ‘भोला यात्रा’ शुरू गरेका छन् । अजयले आफ्नो सामाजिक सञ्जालका अकाउन्टमा यससँग सम्बन्धित एउटा भिडियो सेयर गरेका छन् ।

यस भिडियोमा अजय ट्रकको अगाडि उभिएका छन् र त्यसलाई झण्डा दिइरहेका छन् । उक्त ट्रकमा फिल्मको पोस्टर टाँसिएको छ । 

निर्माताले फिल्म रिलिज अगावै 'भोला'यात्रा शुरू गरेका छन् । यो ट्रक ठाणे, सुरत, अहमदाबाद, उदयपुर, जयपुर, गुरुग्राम, दिल्ली, कानपुर र लखनउ शहरहरूमा पठाइने भएको छ।

अजय देवगनको फिल्म ‘भोला’ साउथको हिट फिल्म 'कैथी'को हिन्दी रिमेक हो ।

यस फिल्ममा अजयबाहेक तब्बु, गजराज राव, दीपक डोबरियालजस्ता कलाकारहरू देखिनेछन् ।

फिल्ममा अजय मुख्य भूमिकामा छन् । फिल्म ३० मार्च २०२३ मा हलमा रिलिज हुने जनाइएको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्