१२ असार २०८३, शुक्रबार

पदभार ग्रहणलगत्तै राष्ट्रपति पौडेल लैनचौरकाे शहीदपार्कमा

फागुन २९, २०७९
पदभार ग्रहणलगत्तै राष्ट्रपति पौडेल लैनचौरकाे शहीदपार्कमा

चौथो कार्यकालको लागि राष्ट्रपतिमा पदभार ग्रहण गरेलगत्तै राष्ट्रपति रामचन्द्र पौडेल लैनचौरस्थित सहिद पार्क पुगेका छन् ।

लैनचाैर पुगेर राष्ट्रपति पाैडेलले सहिदलाई श्रद्धाञ्जली अर्पण गरेका हुन् । राष्ट्रपति पौडेलको लगत्तै सहिदगेट पुग्ने कार्यक्रम रहे पनि सडकजाम हुन सक्ने भन्दै उनी त्यहीबाट शीतलनिवास फर्किएकाे सचिवालयले जनाएकाे छ ।  

२५ फागुनमा निर्वाचित भएका पौडेलले सोमबार राष्ट्रपतिमा शपथग्रहण गरेका थिए । 

पौडेल चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्