३१ असार २०८३, बुधबार

रेखा थापा र पूजा शर्माबीच फिल्ममा सहकार्य पक्का, ‘झिंगेदाउ’ निर्देशक देउजाले निर्देशन गर्ने

फागुन ३०, २०७९
रेखा थापा र पूजा शर्माबीच फिल्ममा सहकार्य पक्का, ‘झिंगेदाउ’ निर्देशक देउजाले निर्देशन गर्ने

अभिनेत्रीद्वय रेखा थापा र पूजा शर्माले आगामी एक फिल्ममा सहकार्य गर्ने भएका छन् ।

रेखा फिल्मसको ब्यानरमा निर्माण हुने फिल्ममा दुई छिमलका चर्चित अभिनेत्रीबीच पर्दा शेयर हुने भएको हो ।

रेखा र पूजा दुवै अभिनेत्रीले आगामी फिल्ममा सहकार्य गर्न लागेको खबरबारे सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।

फिल्मलाई यस वर्षको सफल फिल्म ‘झिंगेदाउ’का निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्नेछन् ।

अभिनेत्री रेखाले निर्देशक देउजा र पूजासँगको तस्वीर फेसबुकमा राख्दै लेखेकी छिन्, ‘रेखा फिल्मसको आगामी फिल्म चाँडै आउँदैछ ।’

फिल्मको शीर्षमध्येको एक भूमिकामा पूजा अनुबन्धित भएकी हुन् । सोमबार रेखा फिल्मस् र पूजाबीच कागजी सम्झौता भएको छ । 

फिल्ममा अनुबन्धित भएपछि पूजाले लामो स्टाटस लेख्दै आफ्नो प्रिय अभिनेत्रीसँग पर्दा शेयर गर्न पाउँदा हर्षित रहेको बताएकी छिन् ।

उनले रेखाको अभिनयबाट प्रभावित भएर आफू फिल्म क्षेत्रमा आएको उल्लेख गर्दै सहकार्यबाट धेरै कुरा सिक्ने विश्वास लिएको पूजाले उल्लेख गरेकी छिन् । निर्देशक देउजाको निर्देशनको मात्र नभइ व्यवहारले समेत आफूलाई प्रभावित बनाएको पूजाले बताएकी छिन् । 

फिल्मको नाम भने तय भइसकेको छैन । आगामी वैशाखको पहिलो साताबाट फिल्मको छायाँकन सुरु हुने तयारी छ । 

salt training

कमेन्ट गर्नुहोस्