
गत हप्ता फाल्गुनको २६, २७ र २८ गते सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरुमहरू आयोजितThe Electrifying Exchange 2023 एक्सचेन्ज क्याम्पमा उत्साहजनक उपस्थिति भएको छ।
टाटा मोटर्सका ग्राहकहरू तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्याधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको थियो ।
काठमाडौँमा शुक्रबार, शनिबार र आइतबार गरेर लगातार ३ दिनमा झन्डै २०० गाडीहरूको मूल्यांकन गरियो।
क्याम्पमा सहभागी ग्राहकहरूले चलिरहेको बजारको मूल्यभन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधा पनि भएको बताएका थिए।
एक्सचेन्ज सुविधासँगै विद्युतीय गाडी सम्बन्धित विस्तृत जानकारी दिँदै काठमाडौँ भित्रको विभिन्न बाटोमा टेस्ट ड्राइभ पनि गरिएको थियो।
यही उत्साहलाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा सहभागी हुन नसकेका ग्राहकहरूका लागि यो हप्ता पनि निरन्तरता दिन अझै विशेष एक्सचेन्ज क्याम्प सञ्चालन गर्ने तयारी भइरहेको र चाडै खबर गर्ने जानकारी दिइएको छ।
उक्त विशेष एक्सचेन्ज क्याम्पमा सरल फाइनान्सको सुविधाका लागि बैंकहरूको सहभागिता, बीमाको सुविधाका लागि ग्राहक सेवा प्रतिनिधि, पनि उपस्थित हुनेछन् भने गाडीको विशेष मूल्यांकन गर्न दक्ष कर्मचारीका साथ आउने हरेक ग्राहकलाई विभिन्न सेवा, सुविधा तथा उपहारको व्यवस्था गरिने जनाइएको छ।